अन्तर्राष्ट्रिय

पाकिस्तानमा एक पुरुषले दाइजोका विवादमा विवाह गर्न निधो गरिएका महिलाका साथ दश व्यक्तिको हत्या गरे
पेसावर (पाकिस्तान) २२ चैत । पाकिस्तानको उत्तरपूर्वी भागमा एक पुरुषले आफूले पहिले विवाह गर्न तय भएकी एक महिलाका साथमा निजका नौ नातेदारको हत्या गरेको जानकारी प्रहरीले आइतबार दिएको छ । छ महिनापहिले यी पुरुषले ती महिलालाई दाइजो दिन नमानेको भनी आफ्नै आमाबाबु तथा दुई दाजुभाइको पनि हत्या गरेका थिए । 
 
पच्चीस वर्षीय यी पुरुषको नाम मिर अहमद साह भएको जानकारी दिएको छ । उसले खैबर पख्तुनख्वा प्रान्तको चर्सदा जिल्लामा बिहानै एके–४७ बन्दुकले ती व्यक्तिको हत्या गरी भागेको प्रहरीले उल्लेख गरेको छ । 
 
जिल्ला प्रहरी प्रमुख सफायुल्लाह खानले यी व्यक्ति सुतिरहेको समयमा ऊ घरमा प्रवेश गरी उनीहरूको हत्या गरेको र मर्नेमा दुई बालबालिका तथा चार महिला भएको जानकारी दिनुभयो । 
 
खानले साह गत वर्ष आफ्नै आमाबाबु तथा दुई दाजुको हत्या गरी भागेका भगौडा अपराधी भएको बताउनुभयो । महिलाका बाबुले दाइजोको रूपमा आवासीय जग्गा मागेको र केटाका परिवारले अस्वीकार गरेको बताइएको छ । 
 
अर्का प्रहरी अधिकारी गुलजार खानले आफ्नै परिवारको हत्या गरेपछि साह यस्तो माग गरेको भनी उक्त महिलाको आमाबाबुप्रति पनि क्रुद्ध भएको बताए । 
 
साह यी महिलाका नातेदार भएको अर्का वरिष्ठ प्रहरी अधिकारी अब्दुल रसिदले बताए । 
 
पाकिस्तानमा विवाह प्रायः नातेदारमा गरिन्छ । यहाँ विवाहमा दुलहीको परिवारले सम्बन्ध टुटेमा महिलाको सुरक्षाका लागि भनी महङ्गो दाइजो माग्ने गर्छन् । रासस÷एएफपी 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award