अन्तर्राष्ट्रिय

विद्रोहीको आक्रमणमा ज्यान गुमाउनेको संख्या एकसय ५० पुग्यो
चैत २० 
ईस्लामिक उग्रवादी संगठन अल–सबाबको आक्रमणमा झण्डै १ सय ५० जनाको ज्यान गएको  छ । उत्तरपूर्वी केन्याको एउटा विश्वविद्यालयमा उग्रवादी संगठन अल–सबाबले आक्रमण गरेको हो । आक्रमणमा १ सय ४७ जनाको ज्यान गएको केन्याको गृह मन्त्रालयले पुष्टि गरेको छ ।
 
अल सबाबले विश्वविद्यालयल परिसरमा घुसेर विद्यार्थीलाई बन्धक बनाएका थिए । विद्रोही समूहले ईसाई विद्यार्थीलाई छुट्टै राखेर हत्या गरेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै विविसीले जनाएको छ । आक्रमण भएको क्षेत्रमा केन्या सरकारले गएराति कफ्र्यू लगाएको थियो ।
 
राष्ट्रपति उहुरु केन्यात्ताले आक्रमणमा मारिएकाका परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ । उहाँले सुरक्षाफौजको तत्काल भर्ति र तालिमको व्यवस्था गर्न आदेश दिनुभयो । सुरक्षाफौजको कमजोरीकै कारण यति ठूलो नोक्सानी भोग्नु परेको उहाँको आरोप छ ।
 
घटनाको अन्तर्राष्ट्रिय समूदायले भत्सर्ना गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनले निन्दा गर्दै आतंकवाद विरुद्ध लड्न केन्यालाई राष्ट्रसंघले जस्तोसुकै पनि सहयोग गर्ने बताउनु भएको छ । अमेरिकाले पनि अल शबाब विरुद्ध केन्यालाई जतिबेला पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award