अन्तर्राष्ट्रिय

आदेनमा विदेशी सैनिक पुगे
आदेन, १९ चैत । विगतका केही समयदेखि द्वन्द्व कायम रहेको यमनमा विद्रोहीका क्रियाकलाप नघटेपछि बिहीबार विदेशी सैनिक भित्रिएका छन् । यमनकोे दक्षिणी प्रान्त आदेनमा ती सैनिक भित्रिएको समाचारमा जनाइएको छ । 
 
यमनका राष्ट्रपति नै विद्रोहीका कारण भागेर साउदी अरेबिया पुगेपछि त्यहाँ तनाव थप बढेको छ । जसका कारण यमनमा पनि साउदी अरेबियाका सैनिकले आक्रमण गरिरहेका छन् । 
 
यमनमा सिया हुथी विद्रोहीहरुले आदेन सहरमा आक्रमण जारी नै राखेपछि सो क्षेत्रमा विदेशी सैनिक पुगेका हुन् । जसका कारण उक्त क्षेत्रमा तनाव रहेको पनि अधिकारीहरुले जनाएका छन् । 
 
अरबका धेरै देशका विदेशी सैनिक सो क्षेत्रमा पुगेका छन् । तालिम प्राप्त सैनिक त्यहाँ पुगेपछि कारबाही सुरु हुने भएको बताइएको छ । उक्त सहरलाई विद्रोहीले कब्जा गर्न लागेकाले विदेशी सैनिकको उपस्थिति गराइएको बताइएको छ । 
 
आदेनमा विद्रोहीले गराएको बम विस्फोटमा परी कम्तीमा पनि १३ जना सर्वसाधारणको ज्यान गएको छ । उक्त क्षेत्रमा विद्रोहीले एक गाउँलाई घेरा हालेर आक्रमण थालेका हुन् । रासस

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award