अन्तर्राष्ट्रिय

सिरियाका लागि अरबौँ डलर खाँचो छ– राष्ट्रसंघ
कुवेत सिटी, १७ चैत ।
संयुक्त राष्ट्रसंघले सिरियाका लागि अरबौँ डलर बराबर सहायताको खाँचो रहेको जनाएको छ । 
संयुक्त राष्ट्रसंघका दाताहरुको सम्मेलनका क्रममा राष्ट्रसंघले उक्त धारणा राखेको हो । राष्ट्रसंघले हाल सिरियाका लागि अरबौँ डलर बराबरको खाँचो रहेको जनाएको हो । 
 
सिरियामा मानवीय बिचल्ली भएको भन्दै विज्ञहरुले सो सम्मेलनको सुरुवात गर्न लागेका हुन् । जसका कारण विश्वका दाता राष्ट्रहरुले सिरियाको सहयोगका लागि सो सम्मेलनको आयोजना गरेका हुन् । 
सिरियामा चार वर्षभन्दा लामो समयदेखि जारी राखेको गृहयुद्धका कारण त्यहाँका नागरिकमा बिचल्ली भएको बताइएको छ । जसका कारण पनि सो सम्मेलनको आयोजना गर्नुपरेको हो । 
संयुक्त राष्ट्रसंघले यसवर्षको सुरुमै सिरियाका लागि कम्तीमा पनि साढे आठ अर्ब अमेरिकी डलरको खाँचो रहेको जनाएको थियो । 
साथै राष्ट्रसंघले सो सहयोगका लागि सबै दाताहरुसँग आग्रह पनि गरेको छ । राष्ट्रसंघले उसका दाताराष्ट्र एवम् संघसंस्थालाई सहायताका लागि याचना गरेको हो । कुवेतमा मङ्गलबार सुरु हुन लागेको सो सम्मेलनमा विश्वका करिब ७८ देशका प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ । 
मङ्गलबार सुरु भएको सो सम्मेलनको अध्यक्षता राष्ट्रसंघका महासचिव बान कि मुनले गर्नुहुने बताइएको छ । साथै सो सम्मेलनको उद्घाटन कुवेतका राजाले गर्नुहुने छ । मानवीय सहायतासम्बन्धी राष्ट्रसंघीय विशेष दूत अब्दुल्लाह अल मातुकले सिरियामा दिनप्रतिदिन महसुश भइरहेको मानवीय सहायताका लागि यो सम्मेलन गरिएको जानकारी दिनुभयो । 
 
सिरियामा गएको चारवर्षदेखि गृहयुद्ध जारी रहेको छ । जसका कारण कम्तीमा पनि दुई लाख नागरिकको ज्यान गइसकेको छ । रासस÷एएफपी 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Kalika News Express

Started at: 17:30 HRS

Up Next

Nepal Khabar

Starts at: 18:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award