अन्तर्राष्ट्रिय

यमनको आदेनमा भएको सङ्घर्षमा तीन दिनमा एकसट्ठीको मृत्यु
ओदन, १४ चैत । यमनको दक्षिणी भागको प्रमुख नगर आदेनमा सिया विद्रोही तथा लडाकूबीच भएको सङ्घर्षमा कम्तीमा ६१ व्यक्तिको मृत्यु भएको जानकारी एक वरिष्ठ स्वास्थ्य अधिकारीले शनिबार दिएका छन् । 
 
आदेनका स्वास्थ्य विभागका निर्देशक अल–खेदर लसौरले ६१ व्यक्तिको मृत्यु भएको तथा २०३ व्यक्ति घाइते भएको जानकारी दिनुभयो । 
 
हाल आदेनमा तनाव निकै बढेको छ । यहाँका हुथी विद्रोहीमाथि साउदी अरेबियाको नेतृत्वमा गठबन्धनले आक्रमण गरिरहेको छ । 
 
बिहीबार साउदी अरेबियाले हवाई आक्रमण गर्नुपूर्व यहाँबाट दर्जनौँ कूटनीतिज्ञलाई अन्यत्र लगेको थियो । बिहीबार यहाँ विद्रोही माथि आक्रमण आरम्भ भएको थियो । 
 
साउदी अरेबियाको समाचार संस्था एसपीएले बुधबार ८६ व्यक्तिलाई यहाँबाट अन्यत्र लगिएको जानकारी दिएको छ । रासस÷एएफपी 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Kalika News Express

Started at: 17:30 HRS

Up Next

Nepal Khabar

Starts at: 18:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award