अन्तर्राष्ट्रिय

यति सानो उमेरमा पनि ,,,,,( फोटो फिचर सहित ) यति सानो उमेरमा पनि ,,,,,( फोटो फिचर सहित )
कालिका माघ २९– 
सामान्यता मोटो मानिस हामी कति तौल भएको व्यक्तिलाई भन्छौ । आफ्नो उमेर भन्दा शरीरको तौल आवश्यक भन्दा पनि बढी हुन्छ, भने त्यही व्यक्तिलाई नै । तर आज पनि केही यस्तै खबर दिने प्रयासमा छौ । अमेरिकामा रहने एक २४ वर्षीय जवान युवतीको तौल २ सय २७ किलोको छ ।
 
ऐबर रेशदी नाम गरेको यस युवती आफ्नो बढीरहेको तौलका कारण निकै तनावमा छिन् । उनलाई सामान्य हिडडुल गर्न समेत निकै अप्ठ्यारो पर्छ । यति सम्मकी उनलाई बाथरुम अर्थात् शौच गर्न जादा पनि कयौ मानिसहरुको सहायताको आवश्यक पर्छ ।
 
 एैबरको पेट यति ठुलो छ की यसकै कारण उनीलाई बस्न अनि उठन् पनि उनी सक्दिनन् । उनको खुट्टा मोटोपनकै कारण विशाल र निकै डरलाग्दो देखिन्छ । पेट ठुलो भएर समस्या भएका कारण उनले पेट घटाउन ग्यास्ट्रिक बाईपास सर्जरी गराउने काम समेत गरीन् । 
यस प्रयाससंगै उनी आफ्नो डाइट पनि कम गर्न गरीन् । फलस्वरुप उनको तौल २ सय ७२ बाट १ सय ७६ तौल भएको छ । निरनतरको ग्यास्ट्रिक बाइपास सर्जरी र कम डाइटका कारण उनको तौल अहिले विश्वास गर्नु हुन्न होला ,,, १ सय ५१ किलो तौल कम गरी १ सय २१ तौल बनाउन सफल भएकी छिन् । 
उनको यस्तो परिवर्तनलाई त्यस राष्ट्रकै टी.एस.सी नामक एक च्यानले क्याप्चर समेत गर्यो । एक पटक फेरी स्किन रिमुवल सर्जरी गराउने ऐबरले बताएकी छिन् । यसले उनको तौल ७० देखि ८० सम्मको तौल घटाउन मद्दत पुग्छ । उनको यस निर्णयप्रति उनको प्रेमीले समेत साथ दिएका छन् । 
अब हेर्न यो बाँकी छ की ऐबरले गर्न लागेको यस सर्जरीले उनको तौल घटाउन कत्तिको मद्दत पुग्छ । या भनौ उनी आफ्नो तौल घटाउन कत्तिको सफल हुन सक्छिन् । यदी तपाई चाहनु हुन्छ भने उनको कयौ तस्विरहरु कालिका एफ.एमको अनलाइन पेजमा मा पनि हेर्न सक्नु हुन्छ । ( एजेन्सीको सहयोगमा ) 
 

Post Comment

More अन्तर्राष्ट्रिय

Special Programs

Kalika Events

  • 12th Music Award