अन्तर्राष्ट्रिय

रसियाली राष्ट्रपतिको इजिप्ट भ्रमण
कायरो, २६ माघ । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने औपचारिक भ्रमणका लागि सोमबार इजिप्ट जादै हुनुहुन्छ । 
 
एक दशकपछिको यो उहाँको पहिलो इजिप्ट भ्रमण हो । यसअघि उहाँ सन् २००५ मा इजिप्ट जानुभएको थियो र सो समयमा त्यहाँका राष्ट्रपति होसनी मुबारकसँग भेटवार्ता गर्नुभएको थियो । 
तर सन् २०११ मा भएको विशाल जनआन्दोलनपछि उहाँ शक्तिबाट हटाइनुभएको छ । उहाँलाई सत्ताबाट हटाउने आन्दोलनको नेतृत्व गर्ने व्यक्ति पनि यतिखेर जेलमा हुनुहुन्छ र त्यहाँ हाल सैनिक शासन छ । 
 
यस समयमा रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले गर्न लाग्नुभएको भ्रमण विशेषगरी इजिप्टमा रसियाको प्रभाव विस्तारमा केन्द्रित रहेको समाचारमा जनाइएको छ । 
इजिप्टमा गतवर्ष ठूलो विद्रोह भएको थियो र सोही मौकापारी सैनिकले सत्ता हत्याएको हो । सो विद्रोहका कारण त्यहाँको सेनाले सत्ता हत्याएको थियो र हालपनि त्यहाँ सैनिक सरकार रहेको छ । 
मोहम्मद मोर्सीका हजारौँ समर्थकलाई जेल हालिएको छ भने अर्कोतर्फ अन्तर्राष्ट्रिय समुदायले इजिप्टलाई प्रजातान्त्रिक मार्गमा फर्किन आग्रह गरिरहेको छ । 
 
यस्तो अवस्थामा भएको रसियाली राष्ट्रपतिको भ्रमणले इजिप्टलाई विदेशी समर्थन प्राप्त हुनसक्ने अनुमान कतिपयले गरेका छन् । 
 
त्यसैगरी विश्लेषकहरुले युक्रेनका कारण हाल रसिया पनि विश्व समुदायमा एक्लिएको महसुश भएको र भ्रमणका कारण विश्व समुदायमा आफ्नो उपस्थिति दर्शाउनका लागि पनि यो भ्रमण फलदायी हुनसक्ने अनुमान गरिएको बताएका छन् । रासस÷एएफपी

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Love Guru

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award