अन्तर्राष्ट्रिय

मसाज, त्यो पनि,,,,,,,,,,,,, मसाज, त्यो पनि,,,,,,,,,,,,,
कालिका माघ २४–
 
सन्दरताको विषयमा हामीले यस अघि पनि यहाँहरुलाई विभिन्न आश्चर्यजनक खबरहरु दिने गरेका थियौ । आज पनि यही प्रयासमा हामी छौ ।
 
सुन्दरता एउटा यस्तो जादुगरी पक्ष रहेछ, जसलाई हरेकले लोभ्याई रहेको हुन्छ । हरेक मानिस यहाँ सुन्दर अनि आकर्षक देखिन चाहन्छ । चाहना मात्रै होइन सुन्दर देखिन कै निम्ति अनौको उपायहरु अपनाउने समेत छन् ।
 
यस अघि हामीले प्रस्तुत गरेको खबरमा सुन्दर रहन कसैले अनुहारमा करौडौको सुनको फेसियल गराउने त कोही अनुहारमा चाउरीपना आउने डरले ४० वर्ष देखि हास्दै नहास्ने गरेको आश्चर्यजनक खबर सुनाई सकेका छौ । 
आजको खबर पनि केही यस्तै ओ भन्ने प्रकारको नै छ । मानिसहरु छालालाई चमक दिन, सुन्दर बनाउन या आरामको महसुस गर्न विभिन्न प्रकारको मसाजहरु गराउने गर्छन् । तर यस्तो मसाज सायद अहिले सम्म धेरैजनाले गरेका छैनन होला।  किनभने यस्तो मसाज गराउन हिम्मतको आवश्यक पर्छ । किन थाहा छ ? यो कुनै हात या मेसिनबाट गराउने मसाज होइन, यो मसाज गराईन्छ, शंखेकिराबाट । 
 
डेली मेलको खबर अनुसार शंखेकिरा अनुहारमा राखि रघटाइन्छ । शंखेकिराबाट गराइएको यस प्रकारको मसाज निकै फाइदाजनक हुने विश्वास गरिन्छ । स्नेल या यसरी भनौ शंखेकिरामा कोलाजन, ग्लाइकोलिड एसिड , एन्टीबायोटिक्स र अन्य सरह कम्पाउण्ड हुने गर्छ । यसै कारण शंखेकिराबाट गरिएको मसाजले छाला राम्रो हुने अनि छालामा रहेका विभिन्न दागहरु हराउने गर्छ । 
यस्तो पनि मानिएको छ कि अफ्रिकाको शंखेकिरा सबैभन्दा राम्रो मानिन्छ । जुन फ्रान्स र रुसमा यसको सबैभन्दा बढी प्रयोग गरिएको पाइएको छ ।
 
त्यसै पनि यस शंखेकिराको मसाज गराउने महिलाहरुको संख्या वृद्धि हुँदै गैरहेको छ । यता शंखेकिरालाई पाल्ने किसानहरुलाई पनि निकै फाइदा भैरहेको उनीहरु स्वयम् बताउँछन् । ( एजेन्सीको सहयोगमा ) 
 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Love Guru

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award