अन्तर्राष्ट्रिय

एक तर्फी प्रेमको नतिजा,,,,,,,, एक तर्फी प्रेमको नतिजा,,,,,,,,

कालीका बैशाख ११,,
भारतको उत्तरप्रदेश स्थित आगरामा एक युवकले छात्राको बलात्कार गर्ने प्रयास गर्दा विफल भएको कारण उनको हत्या गरेको छ । प्रहरीका अनुसार   उदय नाम गरेको ती युवकले नेहालाई एक तर्फी प्रेम गर्ने गर्थे । उदयको प्रेम विफल भएपछि बलात्कारको प्रयास गरेको थियो । जब उदय सफल भएन त्यसपछि उनले नेहालाई निर्दयी तरिकाबाट हत्या गरेका हुन् ।

न्यु आगरा प्रहरीले दुबै आरोपीलाई हिरासतमा लिएको छ । सबै कुराको प्रमाण भेटिएपछि प्रहरीले दुबैलाई पक्राउ गरेको हो । जम्मू निवासी नेहा शर्मा दयालबाग शिक्षण संस्थानमा अध्ययन गर्थिन् । प्रहरीले बीएसी आनर्स तृतीय वर्षका छात्र उदय स्वरुप र ल्याब टेक्नीशियन यशवीर संधूलाई आफ्नो हिरासतमा लिएको हो ।

उदयले नेहालाई एकतर्फी प्रेम गर्ने गर्थे साथै उसलाई अश्लील सन्देशहरु पनि पठाउने गरेको प्रहरीले बताएका छन् । उनको प्रेम अस्विकार गरेका कारण उदयले बलात्कारको षडयन्त्र रचेको थियो । यसै उद्देश्यका साथ उदय साझ ल्याबमा गएको थियो । त्यहाँ नेहासंगै यशवीर संधू पनि थियो ।

नेहाले विरोध गर्न थालेपछि दुबैले बलात्कार गर्ने प्रयास गर्दा असफल भई उनको हत्या गरिदिएका हुन् । उदयलाई प्रहरीले सोधपुछ गर्दा मौन रहेका छन् भने यशवीर केही पनि बोल्न चाहेका छैनन् । प्रहरीले यस घटनाको छानबीन गरिरहेको छ ।

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Cinema Cinema

Started at: 10:10 HRS

Up Next

Kalika News Up-Date

Starts at: 11:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award