खेलकुद

दोस्रो वाइवाई पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापाको पोल्टामा दोस्रो वाइवाई पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापाको पोल्टामा
जितेन्द्र भण्डारी÷
पाँचथर,वैशाख २,
पाँचथरको फिदिममा सम्पन्न दोस्रो वाइवाई पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विर्तामोड यूनाइटेड क्लव झापाले हात पारेको छ । आज भएको फाइनल खेलमा अन्तिम फाइनल खेलमा सुनसरी लाई १ का विरुद्ध ४ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।झापालाई जिताउन नवयुग श्रेष्ठ एक्लैले खेलेको ३ मिनेट र ८४ औ मिनेटमा गोल गरेका थिए । यस्तै झापाकै तर्फबाट खेलको ५७ औ मिनेटमा पुजन उपरकोटी र ४७ औ मिनेटमा पुण्य मादेनले एक एक गोल गरेका थिए । यस्तै जवाफमा सुनसरीका निशान लिम्बूले खेलको ३२ औ मिनेटमा एक गोल फर्काएका थिए । आजको खेलमा उत्कृष्ट प्रर्दशन गरेका सुनसरीका हेमन्त थापा मगर म्यान अफ दि म्याच घोषित भए ।यस्तै म्यान अफ दि सिरीज र हाइस्कोरर नवयुग बने । बिजेता बनेको झापाले ३ लाख ५ हजार ५ सय ५५ रुपैया तथा उपविजेतामा चित्त बुझाएको सुनसरीले १ लाख ५५ हजार ५ सय ५५ रुपैया हात पारेको आयोजक पाँचथर फुटबल क्लवका अध्यक्ष अनुराग मगरले बताउनुभयो ।गत चैत्र २४ गते बाट शुरु भएको प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो ।
 

Post Comment

More खेलकुद

Onair Now Onair Now

Chaso ra Charcha

Started at: 13:05 HRS

Up Next

Kalika New Update

Starts at: 14:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award