खेलकुद

डिपिएल ः पच्चीस लाख पुरस्कारका लागि धनगढी र काठमाडौँ भिड्दै डिपिएल ः पच्चीस लाख पुरस्कारका लागि धनगढी र काठमाडौँ भिड्दै
धनगढी, ३० चैत, रासस
यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग९डिपिएल० क्रिकेट प्रतियोगिताको फाइनलमा अहिले टिम चौराह धनगढी र काठमाडौँ गोल्डेन्सबीच खेल भइरहेको छ । 
 
रु २५ लाख पुरस्कारका लागि प्रदेश नं ७ को संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा प्रतिष्पर्धा भइरहेको छ । टस जितेपछि धनगढीले ब्याटिङ गरिरहेको छ । धनगढी डिपिएलको गत संस्करणको विजेतासमेत हो । 
 
बिहीबार महेन्द्रनगर युनाइटेडलाई काठमाडौँ गोल्डेन्सले पाँच विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको थियो । यस्तै प्ले अफअन्तर्गत गत मंगलबार पहिलो क्वालिफायरमा काठमाडौँलाई एक विकेटले हराउँदै धनगढीले फाइनलको यात्रा तय गरेको थियो । 
 
धनगढीको कप्तानी सोमपाल कामीले तथा काठमाडौँको नेतृत्व ज्ञानेन्द्र मल्लले गरिरहेका छन् । धनगढी प्रिमियर लिग गत चैत १७ गतेदेखि शुरु भएको हो । प्रतियोगिताको उपविजेताले रु १० लाख पुरस्कार प्राप्त गर्नेछ । 

Post Comment

More खेलकुद

Onair Now Onair Now

Cine Challenge

Started at: 09:15 HRS

Up Next

Kalika Highlights

Starts at: 10:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award