खेलकुद

बिडिसिए क्रिकेट ः ग्वाल्लेक प्रतियोगिताबाट बाहिरियो बिडिसिए क्रिकेट ः ग्वाल्लेक प्रतियोगिताबाट बाहिरियो
बैतडी, २६ चैत, रासस
ग्वाल्लेक क्रिकेट क्लब, यहाँ जारी बैतडी जिल्ला क्रिकेट संघ९बिडिसिए० कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । 
 
निंगलाशैनी खेल मैदान देहिमाण्डौँमा आज टस हारेर ब्याटिङ गर्दै ग्वाल्लेकले १० ओभरमा ३१ रन मात्र बनायो । खोड्पे क्रिकेट क्लबले ३२ रनको विजय लक्ष्य एक दशमलव पाँच ओभरमा बिना विकेट पुरा ग¥यो । दश विकेटको हारसँगै ग्वाल्लेक प्रतियोगिताबाट बाहिरिएको हो । ग्वाल्लेकका कुनै पनि ब्याट्सम्यानले दोहोर अंकमा रन बनाउन सकेनन् । 
 
बलिङ्तर्फ खोड्पेका लागि दीपेन्द्र ऐरी र रुपेश ऐेरीले तीन÷तीन विकेट लिए । यसअघि खोड्पेका लागि म्यान अफ द म्याच दीपेन्द्र ऐरीले अविजित ३६ रन बनाउँदै आफ्नो टिमलाई १० विकेटको ठूलो जित दिलाएका थिए । 
 
यसैगरी, बुड्डाबाजे क्रिकेट मैदान रातामाटामा भएको अर्को खेलमा त्रिपुरा क्रिकेट क्लबले कैलपाल क्रिकेट क्लबलाई दुई विकेटले पराजित ग¥यो । टस जितेर ब्याटिङ गरेको कैलपालले नौ विकेटको क्षतिमा १२४ रन बनायो । एक सय २५ रनको विजय लक्ष्य त्रिपुराले १७ ओभरमा आठ विकेटको क्षतिमा पूरा ग¥यो । त्रिपुराका लागि कप्तान वीरेन्द्र रानाले ३६ रन बनाए । 
 
बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा आइतबारदेखि शुरु भएको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले रु ३० हजार, उपविजेताले रु २० हजार तथा म्यान अफ द सिरिजले रु पाँच हजार नगद, ट्रफी र प्रमाणपत्र पाउने छन् । बिडिसिए कप क्रिकेट प्रतियोगिताको यो १७औँ संस्करण हो । 

Post Comment

More खेलकुद

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award