खेलकुद

डिपिएल ः खेल नभएपछि महेन्द्रनगर र काठमाडौँले अंक बाँडे डिपिएल ः खेल नभएपछि महेन्द्रनगर र काठमाडौँले अंक बाँडे
धनगढी, २५ चैत, रासस
रुस्लान धनगढी प्रिमियर लिग९डिपिएल० क्रिकेट प्रतियोगिताअन्तर्गत आज हुने भनिएको महेन्द्रनगर युनाइटेड र काठमाडौँं गोल्डेन्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । 
 
बिहान परेको पानीका कारण संघीय प्रहरी एकाइ कार्यालय धनगढीको मैदान हिलाम्य भएपछि महेन्द्रनगर र काठमाडौँबीचको लिगको अन्तिम खेल स्थगन गरिएको अम्पायर महेश बोहराले जानकारी दिनुभयो । खेल स्थगनसँगै दुवै टोलीले एक एक अंक बाँडेका छन् । काठमाडौँको नौ अंक भएको छ । काठमाडौँ लिगको पहिलो स्थानमा छ । महेन्द्रनगर युनाइटेडको अंक ६ भएको छ । 
शनिबार महेन्द्रनगर र सिवाइसी अत्तरियाबीचको खेलसमेत वर्षाका कारण रद्द भएको थियो । दुवैले एक एक अंक बाँडेका थिए । काठमाडौँ र महेन्द्रनगर प्रतियोगिताको प्ले अफमा पुगिसकेका छन् । 
 
अर्को खेल आज विराटनगर किंग्स र सिवाइसी अत्तरियाबीच हुनेछ । विजेता टोली प्ले अफमा पुग्नेछ । बिहानभन्दा अहिले मौसममा सुधार आएको छ । मैदान पानीले भिजेका कारण शनिबार चौराह धनगढी र रुपन्देही च्यालेन्जर्सबीचको खेल आठ ओभरमा सीमित गरिएको थियो । 

Post Comment

More खेलकुद

Onair Now Onair Now

Sweet Home

Started at: 14:10 HRS

Up Next

kalika Highlites

Starts at: 15:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award