खेलकुद

विश्वकप क्रिकेट छनोट ः नेपालले टस जितेर ब्याटिङ गर्दै विश्वकप क्रिकेट छनोट ः नेपालले टस जितेर ब्याटिङ गर्दै
काठमाडौँ, २४ फागुन,रासस
आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत स्कटल्याण्डविरुद्वको आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । 
 
जिम्बावेको बुलावायोस्थित क्विन्स स्पोर्टस क्लबमा अहिले भइरहेको खेलमा नेपालले विजय लक्ष्यका साथ स्कटल्याण्डको समाना गर्दैछ । यही फागुन २० गते भएको पहिलो खेलमा नेपालले आयोजक टोली जिम्बावेसँग ११६ रनको हार बेहोरेको थियो ।
 
नेपालले अहिलेसम्म स्कटल्याण्डलाई पराजित गर्न सकेको छैन । प्रतियोगितामा दुई खेल खेलेको स्कटल्याण्ड दुवै खेलमा जित हासिल गर्दै अंक तालिकाको शीर्ष स्थानमा छ भने अंकविहीन रहेको नेपाल पुछारमा छ । 
 
स्कटल्याण्डले पहिलो खेलमा अफगानिस्तानलाई सात विकेटले तथा दोस्रो खेलमा हङकङलाई चार विकेटले हराएको थियो । यो स्कटल्याण्डको तेस्रो खेल हो । 

Post Comment

More खेलकुद

Onair Now Onair Now

Sweet Home

Started at: 14:10 HRS

Up Next

kalika Highlites

Starts at: 15:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award