खेलकुद

विश्वकप छनोट ः जिम्बावेले नेपाललाई ३८१ रनको चुनौती दियो विश्वकप छनोट ः जिम्बावेले नेपाललाई ३८१ रनको चुनौती दियो
काठमाडौँ, २० फागुन,रासस
आइसिसी विश्वकप छनोटअन्तर्गत आज भएको पहिलो खेलमा नेपालले ३८१ रनको विजय लक्ष्य पाएको छ । 
 
जिम्बाब्वेस्थित क्वीन्स स्पोर्टस क्लबमा जारी खेलमा टस जितेर पहिले व्याटिङ रोजेको आयोजक जिम्बाब्वेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३८० रनको योगफल बनायो । जिम्बाब्वेका लागि शिकन्दर राजा र ब्रेन्डन टेलरले शतक प्रहार गरे । शिकन्दरले सर्वाधिक १२३ रन जोडे भने ब्रेन्डन १०० रन जोड्दै आउट भए । त्यसैगरी जिम्बाब्वेका सोलोमन मिरेले ५२ रन बनाए । 
 
त्यसैगरी, सेफास झुवाओले ४१, क्रेग एर्भिनले ३४ तथा ह्यामिल्टन मासाकाड्जाले १७ रन जोडे । नेपालका लागि वसन्त रेग्मीले दुई विकेट लिए भने सोमपाल कामी, ललितनारायण राजवंशी र सन्दिप लामिछानेले एक÷एक विकेट लिए । नेपाल अहिले जवाफी व्याटिङमा उत्रेको छ । 

Post Comment

More खेलकुद

Onair Now Onair Now

Hit List

Started at: 10:10 HRS

Up Next

Kalika News Up-Date

Starts at: 11:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award