खेलकुद

झापा गोल्डकप फुटबलको तेस्रो संस्करण आजबाट हुँदै, उद्धघाटन खेलमा झापा र सुदूर भिड्दै झापा गोल्डकप फुटबलको तेस्रो संस्करण आजबाट हुँदै,  उद्धघाटन खेलमा झापा र सुदूर भिड्दै
रविन भट्टराई÷झापा,
फागुन १९,
प्रदेश १ कै प्रतिष्ठित तथा सर्वाधिक पुरस्कार राशिको झापा गोल्डकप फुटबलको तेस्रो संस्करण आजबाट सुरु हुने भएको छ ।
 
आजको उद्घाटन खेलमा आयोजक रमपम झापा ११ ले सुदूरपश्चिम ११ सँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा झापा र सुदूरपश्चिम सहित थ्रीस्टार, मनाङ मस्र्याङ्दी, विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस र एपीएफ तथा सहारा क्लब पोखरा, रूपन्देही ११ र सिक्किम युनाइटेड एफसीले भाग लिएका छन् । 
 
विजेताले १२ लाख ५१ हजार र उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउने छन् । गत वर्ष विजेताको पुरस्कार ७ लाख थियो । फुटबल विकाससँगै जिल्लाको पहिचानका लागि प्रतियोगिता गरिएको आयोजक समितिका अध्यक्ष महेन्द्र गिरीले बताए । 
 
अध्यक्ष गिरीले यसपालि दुई उत्कृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कार दिइने बताए । गत वर्ष एक खेलाडीले मात्रै मोटरसाइकल पाएका थिए । यो वर्षदेखि पुराना फुटबलरलाई सम्मान गर्ने संस्कार पनि सुरु गरिने जनाइएको छ । 
 
पुराना फुटबल खेलाडीद्वय रामदर्शन गुरुङ र सन्तबहादुर रायमाझीलाई समान २५ हजार सहित सम्मान गरिने छ । खेलको उद्धघाटन प्रदेश एकका मुख्यमन्त्रि सेरधन राईले गर्नुहुने आयोजकले बताएको छ । 

Post Comment

More खेलकुद

Onair Now Onair Now

Bhanjyang Ka Suseli Haru

Started at: 02:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 03:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award