खेलकुद

प्रथम मेयरकप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगीता आज बाट । प्रथम मेयरकप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगीता आज बाट ।
अनिल भट्टराई , माघ २७, कालिका ।
पश्चिम चितवनको पटिहानीमा आज बाट प्रथम मेयरकप अन्तराष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगीता हुदैँ छ । प्रतियोगीताको उद्घाटन पुर्व प्रधानमन्त्री एवम् सासंद पुष्पकमल दाहाल प्रचण्डले गर्नुहुने छ ।
 
पटिहानीको खेल मैदान धनौजीमा हुने प्रतियोगीताको सम्पुर्ण तयारी पुरा भएको हिजो पत्रकार सम्मेलन मार्फत दिईएको हो । प्रतियोगीता मुल समारोह समितिका सयोंजक एवम् भरतपुर २२ का वडा अध्यक्ष विष्णुराज महत्तोले भारत र बगलांदेशका क्लव सहित राष्ट्रिय क्लवहरुले प्रतिस्पर्धा गर्ने बताउनुभयो ।
 
जम्मा ७ टिमको सहभागीता रहने प्रतियोगीतामा विजेता हुने टिमले २ लाख, उपविजेताले १ लाख तेसा्रे टिमले ५० हजार साथै सान्त्व्ना हुने टिमले २५ हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने सयोंजक महत्तोले जानकारी दिनुभयो । यस्तै उत्कृष्ट खेलाडीले नगद १० हजार लगायत विभिन्न थप ४ विधामा उत्कृष्ट हुने खेलाडीलाई ५ हजार प्रदान गरिनेछ । प्रतियोगीताको समापन पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले समापन गर्नुहुने प्रचार प्रसार समितिका सयोंजक रामहरि सेढांईले जानकारी दिनुभयो ।
 
प्रतियोगीता सम्पन्न गर्न २७ लाख लागत लाग्ने अनुमान गरिएको छ । प्रतियोगीतामा २० ओटा व्यापारिक स्टल समेत राखिने पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । खेल अवधीभर विभिन्न सास्कृंतिक कार्यक्रम समेत हुनेछ । जिल्ला स्तरिय देखि अन्तराष्ट्रिय पुरुष भलिबल गरि चर्चा कमाएको पटिहानीले यसपाली महिला प्रतियोगीता गरि भलिबल खेललाई निरन्तरता दिईएको हो । पत्रकार सम्मेलनमा प्रदेश सासंद रामलाल महत्तो, जिल्ला समन्व्य समितिकी सदस्य सिता पुन, बरिष्ठ भलिबल प्रशिक्षक कपिल किशोर श्रेष्ठ, एमालेका नेता सोम गुरुङ, नेपाली काङग्रेसका कुमार प्रसाद थपलिया, माओवादी केन्द्रका मधुसुदन सापकोटा लगायतको सहभागीता थियो ।

Post Comment

More खेलकुद

Special Programs

Kalika Events

  • 12th Music Award