खेलकुद

ब्याडमिन्टनको उपाधि चन्द र धामीको जोडीलाई ब्याडमिन्टनको उपाधि चन्द र धामीको जोडीलाई
भीमदत्तनगर, १९ माघ 
कञ्चनपुरका भरतबहादुर चन्द र दिलबहादुर धामीको जोडीले रु ५१ हजार धनराशिको ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । कैलालीको जानकी गाउँपालिकाले दुर्गौलीमा आयोजना गरेको प्रतियोगितामा चन्द र धामीको जोडीले फाइनलमा नेपालगञ्जका इरफान अन्सारी र रियाज अन्सारीको जोडीलाई पराजित गरेको हो । 
 
पहिलो सेट अन्सारीद्वयको जोडीले २१–१० ले जित्दै अग्रता लिए पनि दोस्रो र तेस्रो सेटमा चन्द र धामीको जोडीले २१–१२ र २१–१५ ले जित निकाल्दै उपाधि जितेको हो । उपाधि विजेताद्वयलाई जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले रु ५१ हजार नगद, ट्रफी र प्रमाणपत्रले पुरस्कृत गर्नुभयो । 
 
प्रतियोगितामा दोस्रो भएका इरफान र रियाजको जोडीले रु २५ हजार पुरस्कार प्राप्त गरे । प्रतियोगितामा ४२ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडी कञ्चनपुरकै दिलबहादुर धामी घोषित भए । चन्द र धामीको जोडीले केही दिनअघि कैलालीकै गौरीगंगामा आयोजना गरिएको ब्याडमिन्टन प्रतियोगितामा रु २१ हजार धनराशिको उपाधि जितेको थियो ।  रासस

Post Comment

More खेलकुद

Onair Now Onair Now

Filmi Halchal

Started at: 14:10 HRS

Up Next

Kalika Highlites

Starts at: 15:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award