खेलकुद

अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिता शुरु अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिता शुरु
 
जितपुर, कपिलवस्तु, १९ माघ
 यहाँ अन्तर्राष्ट्रियस्तरको कुस्ती (दंगल) प्रतियोगिता बिहीबारदेखि शुरु भएको छ । 
 
शुद्धोधन गाउँपालिका लभनीको आयोजनामा तीनदिने ‘विराट अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिता’ बिहीबारदेखि शुरु भएको हो । स्थानीयस्तरमा रहेका खेलाडीको विकास र शारीरिक विकास सँगसँगै नेपाल र भारतका खेलाडीबीचको आपसी मैत्रीभाव विस्तार गर्ने मुख्य उद्देश्यका साथ तीनदिने कुस्ती (दंगल) प्रतियोगिताको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष भागीरथी यादवले बताउनुभयो । 
 
प्रतियोगिताको उद्घाटन गर्दै नेकपा (एमाले)का नेता तथा समाजसेवी अजिजुर रहमान शेषले लोपोन्मुख खेलको जगेर्ना गर्दै नेपाल–भारतबीचको आपसी सम्बन्ध बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । प्रतियोगिताको पहिलो दिन बिहीबार १० जोडी पहलमानले प्रतिष्पर्धा गरेका थिए ।
 
नेपालका नवलपरासी, पोखरा, काठमाडौँलगायतका स्थान तथा भारतका गोरखपुर, वनारस, झाँसी तथा मध्यप्रदेशका शहरबाट पहलमानले उक्त प्रतियोगितामा सहभागिता जनाउने आयोजकको भनाइ छ । प्रतियोगिताको समापन शनिबार हुनेछ । रासस
 

Post Comment

More खेलकुद

Special Programs

Kalika Events

  • 12th Music Award