खेलकुद

अन्तर्राष्ट्रिय लन टेनिस प्रतियोगिता नेपालमा अन्तर्राष्ट्रिय लन टेनिस प्रतियोगिता नेपालमा

काठमाडौँ, १८ माघ,रासस

अखिल नेपाल लन टेनिस संघको आयोजनामा नेपालमा अन्तर्राष्ट्रिय आइटिएफ जुनियर ९यु–१८० लन टेनिस प्रतियोगिता हुने भएको छ । 

यसै महिनादेखि सञ्चालन हुने उक्त प्रतियोगिताको पहिलो सर्किट यही माघ २२ देखि २७ गतेसम्म सञ्चालन हुनेछ भने दोस्रो सर्किट माघ २९ देखि फागुन ५ गतेसम्म सञ्चालन गरिने आयोजकका अध्यक्ष ज्योति राणाले जानकारी दिनुभयो । 

प्रतियोगितामा नेपालसहित जापान, भारत, थाइल्याण्ड, चीन, पोल्याण्ड, चाइनिज ताइपे, क्यानडा, लाओस, हङ्कङ र संयुक्त राज्य अमेरिकाको सहभागिता रहनेछ । प्रतियोगितामा पुरुष र महिलाको एकल र डबल्स विधामा प्रतिस्पर्धा हुनेछ । उक्त दुवै सर्किटको खेल सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ । 

Post Comment

More खेलकुद

Onair Now Onair Now

Traffic Update

Started at: 09:10 HRS

Up Next

Tareli

Starts at: 09:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award