खेलकुद

स्वर्गीय दाहालको स्मृतिमा चितवनमा राष्ट्रिय खेलकुद प्रतियोगिता स्वर्गीय दाहालको स्मृतिमा चितवनमा राष्ट्रिय खेलकुद प्रतियोगिता
कालिका, माघ, १७ ।
स्वर्गीय प्रकाश दाहालको स्मृतिमा चितवनमा राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएको छ ।
 
अल मार्सल आर्ट एकेडेमी चितवन र नेपाल मुवा थाई संघको संयुक्त आयोजनामा सो प्रतियोगीता यहि माघ २८ र २९ गते हुने भएको आयोजकले बुधवार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । भरतपुरको गेष्ट हाउस चौरमा हुने प्रतियोगिता अन्तर्गत चौथो मुवाँथाई प्रतियोगिता तथा वृहत तेकवान्दो प्रतियोगिता गरिने अल मार्सल आर्ट एकेडेमी चितवनका अध्यक्ष उत्तम गुरुङले जानकारी दिनु भयो । 
 
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सुपुत्र समेत रहनु भएका दाहालको स्मृतिमा आयोजीत प्रतियोगीतमा देशभरीबाट खेलाडीहरु सहभागी हुने छन् । प्रतियोगिताको पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष दाहालले उद्घाटन गर्नुहुने आयोजकले जनाएको छ । यस अधि मार्सल आर्ट सम्बन्धी खेल मुवाँ थाईको तीन वटा संस्करण काठमाडौँ उपत्यकामा भएको गुरुङ्को भनाई छ । 
 
देशभरीबाट एक सय ५० भन्दा बढी खेलाडीहरु सहभागी हुने प्रतियोगितामा आठ वटा तौल समूहमा पुरुषको र दुई वटा तौल समूहमा महिलाको प्रतिस्पर्धा हुने अध्यक्ष गुरुङले जानकारी दिनु भयो  । प्रत्येक तौल समूहमा पहिलो हुने खेलाडीलाई १० हजार, दोस्रो हुने खेलाडीलाई ६ हजार र तेस्रो हुने खेलाडीहरुलाई ४ हजार रुपैयाँ दिईने छ । भने बिजयीहरु सबैलाई ट्रफी मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ । 

Post Comment

More खेलकुद

Onair Now Onair Now

Traffic Update

Started at: 09:10 HRS

Up Next

Tareli

Starts at: 09:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award