खेलकुद

चौथो चितवन च्याम्पियनसिप कपमा बसन्तपुरको शुरुवाती जित
कालिका, माघ, १६ । 
चितवनको भरतपुरमा भएको प्यासिफिक कलेज अष्टे«लिया चौथो चितवन च्याम्पियनसिप कप–२०७४मा वसन्तपुर युनाईटेड क्लव माडीले शुरुवाती जित हात पारेको छ ।
 
जुनियर प्रहरी अधिकृत शिक्षालयको खेल मैदानमा भएको शुरुवाती खेलमा वसन्तपुर युनाईटेड क्लवले हर्दी युवा क्लव भण्डारा लाई १ – ० अन्तरले जित हात पारेको हो । खेलको पहिलो हाफ गोल रहति वारवरी रहको थियोे । खेलको दोस्रो हापको शुरु भएको १०औं मिनेटमा वसन्तपुरका अब्बु बक्करले गोल गरे । जुन बसन्तपुरको लागी निर्णायक गोलनै रह्यो । खेलको म्यान अफ द म्याच वसन्तपुरका अब्बु बक्कर भएको छ । खेलको उद्घाटन सांसद कृष्ण भक्त पोख्रेलले गर्नु भएको थियो । 
 
प्रतियोगितामा पहिलो हुनेले पुरस्कार नगद २ लाख २२ हजार २ सय २२, उपविजेता टिमले १ लाख ११ हजार १ सय ११ र मेडल रहेको छ । सेमीफाइनलबाट बाहिरिने दुई टिमले नगद २५ हजारका दरले पाउने आयोजक एभरेष्ट क्लवका अध्यक्ष अशोक देवकोटाले बताउन’ भएको छ । भने विभिन्न ५ विधामा उत्कृष्ट खेलाडी पुरस्कार नगद १० हजार दिइने आयोजकले जनाएको छ । प्रतियोगीतामा कुल १६ टिम सहभागी हुने छ ।
 
नकआउट आधारमा खेलाइ खेलमा दोस्रो दिन रामनगर फ’टवल क्लव र नारायणगढ फ’टवल क्लव बिच प्रतिशपर्धा ह’ने छ । 

Post Comment

More खेलकुद

Onair Now Onair Now

Guff Shop

Started at: 16:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 17:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award