खेलकुद

मेयरकप क्रिकेट प्रतियोगिता आजदेखि मेयरकप क्रिकेट प्रतियोगिता आजदेखि
बैतडी, ३ माघ 
शहीद दिवसका अवसरमा बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि प्रथम मेयरकप क्रिकेट प्रतियोगिता–२०७४ हुने भएको छ । प्रतियोगिताको बिहान १० बजे एक औपचारिक कार्यक्रमबीच उद्दघाटन गरिने भएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी र दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले संयुक्तरुपमा प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको मेयर कप क्रिकेट प्रतियोगिताका सल्लाहकार तेजप्रकाश भट्टले जानकारी दिनुभयो । 
 
प्रतियोगिताको उद्घाटन खेलमा दशरथचन्द नगरपालिका–२ देहिमाडौँ र वडा नं ११ नागार्जुनबीच हुने भएको छ । उक्त उद्घाटन खेल दिउँसो साढे १२ बजेपछि शुरु हुने जनाइएको छ । दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघ, नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । दशरथचन्द नगरपालिका–१० स्थित बुड्डा बाजे क्रिकेट मैदान रातामाटामा सञ्चालन हुने प्रतियोगिता टी ट्वान्टी फरम्याटमा हुने जनाइएको छ । 
 
यही माघ १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दशरथचन्द नगरपालिकाका ११ वटै वडाका ११ टोलीको सहभागिता रहने भएको छ । प्रतियोगितामा प्रथम पुरस्कार रु ५० हजार नगद, ट्रफी र प्रमाणपत्र, द्वितीय पुरस्कार रु ३० हजार नगद र ‘म्यान अफ द सिरिज’ एक जनालाई पाँच हजार नगद, ट्रफी र प्रमाणपत्र राखिएको छ । मेयरकप क्रिकेट प्रतियोगिताले बैतडीमा क्रिकेटको विकास हुनाका साथै नगरभित्र रहेका क्रिकेटका नयाँ प्रतिभाको खोजी गर्न सहयोग मिल्ने विश्वास गरिएको छ । रासस

Post Comment

More खेलकुद

Onair Now Onair Now

OFFLINE

 

Up Next

samajhdari

Starts at: 19:25 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award