खेलकुद

आइसिसी विश्व लिग क्रिकेटका लागि खेलाडी छनोट आइसिसी विश्व लिग क्रिकेटका लागि खेलाडी छनोट

काठमाडौँ, २० पुस,रासस

नामिबियामा हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ का लागि प्रारम्भिक चरणमा २१ सदस्यीय खेलाडी टोलीको छनोट गरिएको छ । 

फेब्रुअरी ६ देखि १६ तारिखसम्म हुने उक्त प्रतियोगिताका लागि आइसिसी प्रतिनिधि अनिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले २१ खेलाडीको छनोट गरेको हो । 

छनोट हुनेमा कप्तान खड्कासहित ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल, करण केसी, अनिलकुमार शाह, वसन्त रेग्मी, दिलीप नाथ, दीपेन्द्रसिंह ऐरी, दिपेश श्रेष्ठ, ललित भण्डारी, ललितनारायण राजवंशी र आरिफ सेख छन् । 

त्यस्तैगरी, शक्ति गौचन, शरद भेषवाकर, सिद्धान्त लोहनी, सोमपाल कामी, रसिद खान, किशोर महतो, सन्दीप लामिछाने, सुनिल धमला तथा सुशन भारी छनोट भएका छन् । रसिद र कशोर भने पहिलोपटक टोलीमा समावेश भएका हुन् । 

राष्ट्रिय टोलीका दुई खेलाडी विनोद भण्डारी र सागर पुन भने प्रारम्भिक चरणमा परेनन् । 

Post Comment

More खेलकुद

Onair Now Onair Now

OFFLINE

 

Up Next

samajhdari

Starts at: 19:25 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award