खेलकुद

सिरहा फुटबल संघको अध्यक्षमा साह

लहान, १७ पुस,रासस

सिरहा फुटबल संघको अध्यक्षमा अरुणकुमार साहलाई चयन गरिएको छ । 

जिल्ला फुटबल संघको आज मिर्चैयामा सम्पन्न पाँचौँ साधारणसभाले साहको अध्यक्षतामा १५ सदस्यीय नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्षहरुमा शम्भू चौधरी, नागेश्वर यादव र नवीनकुमार यादव, महासचिवमा प्रवीणकुमार यादव र कोषाध्यक्षमा सुमनकुमार श्रेष्ठलाई चयन गरिएको छ ।

समितिको सदस्यमा सरिता पौडेल, श्यामसुन्दर सिंह, राजिपकुमार यादव, दिनेश श्रेष्ठ, अञ्जली राई, हरिप्रसाद साह, साँझकुमार आले मगर, गणेश यादवलगायतलाई चयन गरेको संघले जनाएको छ । सिरहा फुटबल संघमा ३६ वटा क्लब आवद्ध छन् । 

Post Comment

More खेलकुद

Onair Now Onair Now

OFFLINE

 

Up Next

samajhdari

Starts at: 19:25 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award