खेलकुद

नवौँ रुसलान गोल्डकपको उपाधिका लागि मोरङ र सुनसरी भिड्दै नवौँ रुसलान गोल्डकपको उपाधिका लागि मोरङ र सुनसरी भिड्दै
पाँचथर,पौष १६,
 
पाँचथरको फिदिममा जारी नवौँ रुसलान फाल्गुनन्द गोल्डकप फुटबलको उपाधि प्रतिस्पर्धा आइतबार हुँदैछ ।  प्रतियोगिताको उपाधिका लागि आइतबार सुनसरी–११ र मोरङ–११ विच फाइनल प्रतिस्पर्धा हुन लागेको हो ।
 
दिउँसो २ बजेदेखि फिदिम माविको खेल मैदानामा हुने खेलमा दुवै टोलीले उपाधि आपनो पक्षमा पार्ने दाबीका साथ मैदान उत्रिँदै छन् ।
 
प्रतियोगिताको सेमिफाइनलमा सुनसरीले अग्नि रुपन्देही र मोरङले विर्ता युनाइटेड झापालाई पराजित गर्दै फाइनलमा आएका हुन् ।
 
विजेताले ट्रफिसहित नगद ३ लाख र उपविजेताले ट्रफिसहित नगद २ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक फिदिम स्र्पाेटिङ क्लबका अध्यक्ष बिमल श्रेष्ठले वताउनुभयो । 

 

Post Comment

More खेलकुद

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award