खेलकुद

ह्विल चियर क्रिकेट प्रतियोगिताका विजयी खेलाडीलाई सम्मान

काठमाडौँ, १२ पुस,रासस

राष्ट्रिय अपाङ्ग अनुुसन्धान तथा विकास केन्द्र नेपालले अन्तर्राष्ट्रिय त्रिकोणात्मक ह्विल चियर क्रिकेट प्रतियोगिताका विजयी खेलाडीलाई सम्मान गरेको छ । केन्द्रले आज यहाँ एक कार्यक्रमको आयोजना गरी भर्खरै नेपालमा सम्पन्न नेपाल, भारत र बङ्गलादेशको ह्विल चियर क्रिकेट प्रतियोगितामा विजयी ४५ नेपाली खेलाडीलाई सम्मान गरेको हो । 

सम्मान कार्यक्रममा युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले शारीरिक रुपमा अपाङ्ग भए पनि ह्विल चियर क्रिकेट प्रतियोगितामार्फत नेपाललाई विश्वसामु चिनाउन सफल भएको भन्दै विजयी खेलाडीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । “ह्विल चियर खेलाडी नेपालमा पनि रहेका छन् है भन्ने कुरा यो खेलले प्रमाणित गरेको छ,” उहाँले भन्नुभयो । 

मन्त्री केसीले ह्विल चियर खेलाडीलाई मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै “तपाईंहरु अगाडि बढ्नुहोस्, मन्त्रालय तपाईंहरुको सहयोगका लागि तयार छ,” भन्नुभयो । ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले सपाङ्ग व्यक्तिजस्तै अपाङ्ग व्यक्तिले पनि मुलुकको इज्जत राख्न सकेको भन्दै खेलाडीलाई धन्यवाद दिनुभयो । “ग्रिनसिटी अस्पताल विजेता खेलाडीको निःशुल्क चेकजाँच गर्न तयार छ,” उहाँले भन्नुभयो । 

रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले अपाङ्गता भएका व्यक्तिलाई राज्यले सम्मान गर्न नसकेको बताउँदै “दलहरुले अपाङ्ग भएका व्यक्तिलाई राष्ट्रिय सभामा लैजानुपर्छ,” भन्नुभयो । केन्द्रका अध्यक्ष नीलकण्ठ पौडेलले शारीरिक रुपमा अपाङ्ग भएका व्यक्तिलाई बाहिर राखेर नीति निर्माण बनाउन नहुने बताउँदै “हामी पनि राज्यलाई केही योगदान गर्न चाहन्छौँ, हामीलाई बाहिर राखेर राज्यले काम गर्न मिल्दैन,” भन्नुभयो । 

Post Comment

More खेलकुद

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Swasthya Charcha

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award