खेलकुद

पोखरालाई खेलकुदको शहर बनाइने

पोखरा, ११ पुस,रासस

युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले पोखरालाई खेलकुदको शहर बनाउन सरकारको उच्च प्राथमिकतामा परेको बताउनुभएको छ । 

पोखरा रंगशालामा आजदेखि शुरु भएको २१औँ महिला तथा ३१औँ पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले सो नगरीलाई अन्तर्राष्ट्रिय क्षेत्रमै चिनाउनका लागि एक गुरुयोजना नै अघि बढाई खेलकुदका पूर्वाधार निर्माणमा ठूलो धनराशि खर्च गर्न लागिएकोे जानकारी दिनुभयो । 

सो अवसरमा मन्त्री केसीले नेपाल भलिबल संघका सल्लाहकार तथा मुस्ताङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित प्रेमप्रसाद तुलाचन र भलिबल खेलाडी नवीनकुमार गुरुङलाई सम्मान गर्नुभयो । 

राष्ट्रिय खेलकुद परिषद्को संयोजन एवं नेपाल भलिबल संघको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघको व्यवस्थापनमा भएको सो प्रतियोगितामा महिला तथा पुरुषतर्फ पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सहभागी छन् । 

आज बिहान भएको खेलमा पुरुषतर्फ नेपाल आर्मीले पूर्वाञ्चललाई २५÷२०, २५÷१९, २५÷२४ र दोस्रो खेलमा सशस्त्र प्रहरीले सुदूरपश्चिमाञ्चललाई २५÷१२, २५÷१७ र २५÷१४ ले पराजित गरेका थिए । 

यस्तै महिलातर्फ सशस्त्र प्रहरीले पूर्वाञ्चललाई २५÷२, २५÷४, २५÷७ तथा मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई २५÷७, २५÷११ र २५÷१७ ले पराजित गरेका थिए । प्रतियोगिता यही पुस १५ गतेसम्म चल्नेछ ।

Post Comment

More खेलकुद

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Swasthya Charcha

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award