खेलकुद

इपीएल क्रिकेटमा चितवन र भैरहवाबीचको खेल जारी÷आजै ललितपुर र पोखरा भीड्ने इपीएल क्रिकेटमा चितवन र भैरहवाबीचको खेल जारी÷आजै ललितपुर र पोखरा भीड्ने
कालिका, पुस ११ ।
एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटको आजको पहिलो खेलमा  चितवन टाइगर्स र भैरहवा ग्लेडियटर्स खेलिरहेका छन् । 
 
टीयू क्रिकेट मैदानमा जारी खेलमा भैरहवाले टस जितेर फिल्डीङ् रोजेपछि चितवन व्याटिङ् गरिरहेको छ । यो समाचार तयार पार्दा सम्म ताजा अवस्थामा चितवनले ११.२ ओभरको समाप्तीमा ४ विकेट गुमाउँदै ४७ रन जोड्न सफल भएको छ । चितवनका लागि योगेन्द्र सिंह कार्की १५ र प्रवीन गुप्ता ७ रनका साथ क्रिजमा रहेका छन् ।
 
यस्तै आज हुने दोस्रो खेलमा ललितपुर र पोखरा आमने–सामने हुनेछन् । आजको खेलहरुपछि इपीएल क्रिकेटमा लिग चरणका खेलहरु सकिनेछन् भने प्ले अफ् र क्वालिफायरमा पुग्ने चार टोलीको टुंगो लाग्नेछ । 

Post Comment

More खेलकुद

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Swasthya Charcha

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award