- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
खेलकुद
सिरुटारमा फुटसल उद्घाटन
भक्तपुर, १० पुस,रासस
सूर्यविनायक नगरपालिका–१ सिरुटारका तीन युवाले रु ६० लाखको लागतमा निर्माण गरेको फुटसल आजबाट सञ्चालनमा आएको छ ।
कन्ट्रिसाइड रिक्रियसन सेन्टर फुटसलको आज नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महेश बस्नेतले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बस्नेतले अहिलेका युवा वर्गलाई विदेश पलायन, विकृति, विसंगति लाग्नबाट रोक्नु पर्ने बताउँदै विदेश जाने युवाले आफ्नै गाउँमा शुरु गर्ने यस्ता व्यवसायले युवालाई विकृति, विसंगतिमा लाग्नसमेत रोक्ने बताउनुभयो ।
युवा वर्ग अगाडि बढे आफ्नो ठाउँको विकास गर्न पाँचवर्ष पनि नलाग्ने बताउँदै उहाँले युवाले गर्ने प्रत्येक विकासका काममा आफ्नो सहयोग रहने बताउनुभयो । कार्यक्रममा नवनिर्वाचित प्रदेशसभाका सदस्य शशिजंग थापाले उपत्यकामा रंगशालाको अभाव खड्किरहेको अवस्थामा फुटसलले केही हदसम्म त्यसको आवश्यकतालाई पूरा गरेको बताउनुभयो ।
उहाँले दधिकोटमा रंगशाला बनाउने प्रस्ताव सकारात्मकरुपमा अगाडि बढेको र यसको प्रक्रियालाई सरकारसमक्ष लगिएकाले यसलाई पूरा गर्न सबै पक्षबाट पहल हुनुपर्नेमा जोड दिनुभयो । त्यस अवसरमा ललितपुरको चाँगाथली युवा क्लबका अध्यक्ष बाबुराजा महर्जनले खेलकुदप्रति युवाको आकर्षण बढ्दै गइरहेको अवस्थामा प्रत्येक प्रदेशमा एउटा रंगशाला आवश्यकता भएकाले यसतर्फ ध्यान दिनुपर्ने भनाइ राख्नुभयो ।
फुटसल सञ्चालक समितिका अध्यक्ष धनञ्जय श्रेष्ठ युवा वर्गको फुटसलप्रति आकर्षण बढ्दै गएको र युवा वर्गलाई मनोरञ्जन दिन युवाको लगानीमा फुटसल सञ्चालनमा ल्याएको बताउनुभयो । सञ्चालकद्वय सुदीप राउत र रुपक थापाले युवा वर्गको शारीरिक, मानसिक स्वास्थ्यको विकास गर्ने र फुटसल खेलको विकास गर्ने उद्देश्यले फुटसल सञ्चालनमा ल्याएको बताउनुभयो ।
Post Comment
More खेलकुद
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट
- दोस्रो वाइवाई पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापाको पोल्टामा
- माडी मेयर कपमा बाँदरझुला र रामराज्यपुर विजयी
- डिपिएलको उपाधि धनगढीलाई
- डिपिएल ः पच्चीस लाख पुरस्कारका लागि धनगढी र काठमाडौँ भिड्दै
- बिडिसिए क्रिकेट ः ग्वाल्लेक प्रतियोगिताबाट बाहिरियो
- छैटाँै राष्ट्रपति रनिङ शिल्ड शुरु
- डिपिएल ः खेल नभएपछि महेन्द्रनगर र काठमाडौँले अंक बाँडे
- बिडिसिए कप क्रिकेट प्रतियोगिता आइतबारदेखि
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





