खेलकुद

पशुपति कपको विजेता फारवेष्ट क्लब पशुपति कपको विजेता फारवेष्ट क्लब

धनगढी, ९ पुस,रासस

यहाँ भएको तेस्रो संस्करणको फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको विजेता आयोजक पशुपति फारवेष्ट युवा क्लब बनेको छ । स्थानीय खेलकुद रंगशालामा शनिबार भएको निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा आयोजक फारवेष्ट पशुपति युवा क्लबले पिएफए अत्तरियालाई ट्राइब्रेकरमा ४–३ गोलले पराजित गर्दै विजेता बनेको हो । 

निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले गोल गर्न नसकेपछि १५ मिनेट समय थप गरिएको थियो । थप गरिएको समयमा पनि गोल नभएपछि खेलको नतिजा ट्राइब्रेकरबाट निकालिएको हो । ट्राइब्रेकरमा पिएफए अत्तरियाका दुई जना खेलाडी विश्व अधिकारी र जनक कार्कीको प्रहार गोल पोष्ट बाहिर गएको थियो । फारवेष्ट पशुपति क्लबका विदेशी खेलाडी जिको आइस्याकको प्रहार पनि पिएफएका गोलकिपर टेकेन्द्र थापाले बचाएका थिए । 

विजेतासँगै फारवेष्ट पशुपति क्लबले रु तीन लाखसहित ट्रफी र प्रमाणपत्र पाएको छ भने उपविजेता बनेको पिएफए अत्तरियाले रु एक लाख ५० हजारमा चित्त बुझाएको छ । मंसिर २८ गतेदेखि शुरु भएको प्रतियोगिताको ‘वेष्ट प्लेयर‘ आयोजक टिमका रोशन खत्री, ‘वेष्ट गोलकर्ता‘ आयोजक टिमकै सेगुन, ‘वेष्ट डिफेन्डर‘ पिएफएका अमित तामाङ, ‘वेष्ट गोलकिपर‘ आयोजक टिमका प्रीतम खड्का र उदयमान खेलाडी आयोजक टिमकै दीपेन्द्र बुढा भएका छन् । 

उत्कृष्ट खेलाडीले जनही रु १०÷१० हजारका दरले नगद पुरस्कार पाएका छन् । समापनमा फारवेष्ट पशुपति क्लबको चौथाँै संस्करणका लागि नगद पुरस्कार राशि वृद्धि गरी विजेतालाई नगद चार लाख र उपविजेतालाई नगद दुई लाख पुरस्कार दिइने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले घोषणा गर्नुभयो । प्रतियोगितामा देशभरका १६ टिमले सहभागिता जनाएका थिए । 

Post Comment

More खेलकुद

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Swasthya Charcha

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award