खेलकुद

फुटबलमा नेपाल एक स्थान तल झ¥यो फुटबलमा नेपाल एक स्थान तल झ¥यो
काठमाडौँ, ७ पुस (रासस) 
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक स्थान तल झर्दै १७१ औँ स्थानमा पुगेको छ । 
 
अघिल्लो महिना फिफाले जारी गरेको बरियतामा छ स्थान माथि चढ्दै नेपाल १७० औँ स्थानमा आइपुगेको थियो । यो महिना नेपालले एक स्थान गुमाएको हो । 
 
दक्षिण एसियाली मुलुकमा भने नेपाल चौथो स्थानमा छ । शीर्ष स्थानमा भारत १०५, माल्दिभ्स १५५ र अफगानिस्तान १४८ औँ स्थानमा छन् । त्यस्तै, नेपालभन्दा मुनि भुटान १८७, बंगलादेश १९७, श्रीलंका २०० र पाकिस्तान २०१ औँ स्थानमा छन् । 
 
विश्व बरियताको शीर्ष स्थानमा जर्मनी रहँदा दोस्रोमा ब्राजिल, तेस्रोमा पोर्चुगल, चौथोमा अर्जेन्टिना र पाँचौँमा बेल्जियम, छैटौँमा स्पेन, सातैाँमा पोल्याण्ड, आठौँमा स्वीट्जरल्याण्ड, नवौँमा फ्रान्स र दशौँ स्थानमा चिली छन् । फिफाले प्रत्येक महिना बरियता सार्वजनिक गर्दछ । 

Post Comment

More खेलकुद

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Swasthya Charcha

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award