खेलकुद

इपिएल क्रिकेट–भैरहवा विजयी इपिएल क्रिकेट–भैरहवा विजयी

काठमाडौँ, ६ पुस,रासस

एभरेष्ट प्रिमियर लिग ९इपिएल० टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा भैरहवा ग्ल्याडियर्टर्सले ललितपुर प्याट्रियट्सलाई पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हात पारेको छ । 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा भैरहवाले ललितपुरलाई चार विकेटले पराजित गरी प्रतियोगितामा दोस्रो जित हात पारेको हो । भैरहवाले यसअघि भएको पहिलो खेलमा काठमाडौँ किङ्स इलाभेनलाई ७ विकेटले पराजित गरेको थियो । 

टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले भैरहवालाई १४२ रनको लक्ष्य दियो । जवाफी ब्याटिङमा उत्रेको भैरहवाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । यता ललितपुरले भने निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाएको थियो । 

भैरहवाको जितमा पुनित विष्टले सर्वाधिक ५० रनको योगदान दिए भने रोहितकुमार पौडेलले ३१, आरिफ शेखले २७, कप्तान शरद भेषवाकारले १३ तथा हरिशंकर शाहले १० रन जोडे । जितका लागि एक बलमा एक रन चाहिएको अवस्थामा भैरहवाका कृष्ण थापाले चौका प्रहार गरी आफ्नो टोलीको जित सुनिश्चित गरे । 

ललितपुरका लागि भारतीय बलर योगेश नागरले दुई तथा सुबोध भाटी, सन्दीप लामिछानेले समान एक÷एक विकेट हात पारे । यता ललितपुरका लागि भारतीय खेलाडी योगेश नागरले सर्वाधिक ५४ रन जोडे पनि कप्तान ज्ञानेन्द्र मल्ल ४२, जयकिसन कोल्सावाला १४, राजवीर सिंह ८, कुशल भुर्तेल ४ तथा मेहबुब आलम २ रनमा बाहिरिए । 

भैरहवाका दिपेश श्रेष्ठ र आरिफ शेखले समान तीन÷तीन विकेट लिए भने पुनित विष्टले दुई तथा कप्तान शरद भेषवाकारले एक विकेट झारे । 

Post Comment

More खेलकुद

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Swasthya Charcha

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award