खेलकुद

नेपाल बंगलादेशसँग ६–० ले पराजित
काठमाडौँ, २ पुस (रासस)
यू–१५ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ६–० गोलअन्तरले पराजित भएको छ । 
 
बंगलादेशको राजधानी ढाकास्थित मोहम्मद मुस्तफा कमल रंगशालामा बंगलादेशका लागि तोहुरा खातुनले ह्याट्रिक गरिन् । अनुचिङ मोगिनीले दुई तथा मोनिका चाक्माले एक गोल गरिन् । 
 
मोगिनीले खेलको १३आँैं मिनेटमा, चक्माले २६औँ तथा खातुनले ३२औँ मिनेटमा गोल गरिन् । पहिलो हाफको इन्जुरी समयमा मोगिनीले अर्को गोल गर्दै आफ्नो टिमलाई ४–० को अग्रता दिलाइन् । 
 
यस्तै, खातुनले खेलको ६९आँै र ७२आँैं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । 
 
अर्को खेलमा भारतले भुटानलाई ३–० गोलअन्तरले पराजित ग¥यो । 
 
नेपालले दोस्रो खेल मंगलबार भारतसँग खेल्नेछ । 

Post Comment

More खेलकुद

Onair Now Onair Now

Badal pariko Desh Bat

Started at: 22:10 HRS

Up Next

Kalika News Update

Starts at: 23:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award