खेलकुद

एसीसी यू —१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई। एसीसी यू —१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई।
कालिका , पुस २।
नेपालले एसिसि यु १६ पूर्व क्षेत्रिय क्रिकेट च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ। थाइल्याण्डमा आज भएको फाइनलमा सिंगापुरलाई ७१ रनले हराउँदै नेपालले उपाधि हात पारेको हो।
 
थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरको समाप्तीमा ६ विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियो। नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१.५ ओभरमा सबै विकेट गुमाउँदै ११२ रन मात्र बनाउन सक्यो।
 
उसका लागि साहीहर्स भनुगोपालले सर्वाधिक ३१ रन बनाए। इसान सानेलाई १२, राउल शर्माले १५ रन बनाए। उनीबाहेक अरूले खासै राम्रो खेलन सकेनन्।नेपालका लागि सूर्य तामाङ र अजयकुमार लोहियाले समान ३—३ विकेट लिए। थप विकेट नारायण जोशी र कुशल मल्लले लिए।

Post Comment

More खेलकुद

Onair Now Onair Now

Badal pariko Desh Bat

Started at: 22:10 HRS

Up Next

Kalika News Update

Starts at: 23:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award