खेलकुद

नेपालले हंगकङलाई ४ विकेटले हरायो। नेपालले हंगकङलाई ४ विकेटले हरायो।
कालिका , मंसिर २६
१६ वर्षमुनिको एसीसी इस्टर्न रिजनल प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा नेपालले हंगकङलाई ४ विकेटले हराउँदै जित हात पारेको छ। हंगकङको टेर्ड थाई मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिङ गरेको हंगकङले ३५ ओभर ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा ८२ रन बनाएको थियो। 
 
नेपालले निर्धारित लक्ष्य २४.१ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो। नेपालका लागि तीर्थराज दासले सर्वाधिक २७ रन बनाए। त्यस्तै राजन मगरले १७ तथा विशाल विक्रम केसी र शुशील भण्डारीले ११÷११ रन बनाए। कुशल मल्ल र नारायण जोशीले २÷२ रनको योगदान गरे।
 
हंगकंङलाई ८२ रनमा रोक्न नेपाली बलर प्रतिस जिसीले सर्वाधिक ३ विकेट हात पारे। यस्तै अत्यन्त किफायती बलिङ गरेका अजय कुमार लुनियाले २ विकेट लिने क्रममा कूल ७ ओभर बलिङ गर्दै ५ मेडन ओभर सहित मात्र २ रन खर्चेका थिए। नारायण जोशी र निखिल कुमार सिंहले पनि १÷१ विकेट हात पारे।
 

Post Comment

More खेलकुद

Onair Now Onair Now

Badal pariko Desh Bat

Started at: 22:10 HRS

Up Next

Kalika News Update

Starts at: 23:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award