खेलकुद

आइसीसी विश्व क्रिकेट लिगमा आज नेपालले युएईसँग खेल्दै आइसीसी विश्व क्रिकेट लिगमा आज नेपालले युएईसँग खेल्दै
कालिका , मंसिर २० ।
आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले आज घरेलु टोली युएईसँग पहिलो खेल खेल्दैछ। यसअघि नैं च्याम्पियनसीपबाट डिभिजन टु मा झरिसकेको नेपालका लागि यो खेल प्रतिष्ठाको लडाई मात्रै बनेको छ ।
 
पारस खड्काको कप्तानीमा युएई गएको नेपाली टोलीले अमेरिका र केन्यासँग अभ्यास खेल खेलेको थियो । पारस खड्का, ज्ञानेन्द्र मल्ललगायतका प्रमुख खेलाडीलाई विश्राम दिएको नेपालले अमेरिकासँगको पहिलो अभ्यास खेलमा पराजय भोग्दा दोस्रो खेलमा केन्यालाई सहजै पराजित गरेको थियो । 
 
च्याम्पियनसिपमा नेपालले आगामी शुुक्रबार युएईसँगको दोस्रो खेल खेल्नेछ ।

Post Comment

More खेलकुद

Onair Now Onair Now

Jamka Bhet

Started at: 16:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 17:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award