खेलकुद

एशिया छनोट क्रिकेटमा नेपालको पहिलो जित एशिया छनोट क्रिकेटमा नेपालको पहिलो जित
काठमाडौँ, ८ मंसिर (रासस) 
थाइल्याण्डमा जारी आइसिसी महिला टि–ट्वेन्टी विश्वकप एशिया छनोटमा नेपालले मलेसियालाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । 
 
बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा आज भएको चौथो खेलमा नेपालले मलेसियालाई ३३ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यसअघि नेपालले खेलेको तीन खेलमध्ये दुई खेल वर्षाले प्रभावित भएको थियो भने एक खेलमा पराजित भएको थियो । 
 
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०८ रनको योगफल बनायो । जवाफी ब्याटिङमा उत्रेको मलेसिया २० ओभरमा सात विकेट गुमाउँदै ७५ रनमा समेटियो । यस जितसँगै चार खेल खेलेको नेपालको चार अंक नै छ । 
 
नेपालले थाइल्याण्ड र हङ्कङसँग वर्षाका कारण अंक बाँडेको थियो भने संयुक्त अरब इमिरेट् (युएई) सँग पराजित भएको थियो । 
 
नेपालको जितमा सीता रानामगरले सर्वाधिक ३७ रनको योगदान दिइन् । ४२ बल खेलेकी उनले तीन चौकाको मद्धतमा ३७ रन जोडेकी हुन् । त्यस्तै ज्योति पाण्डेले २१ तथा काजोल श्रेष्ठले १८ रन जोडे । 
 
मलेसियाकी जनादिह हालिम र नुर अरियना नत्स्याले समान दुई÷दुई विकेट लिइन् । त्यस्तै यता मलेसियाका लागि भने एमएली एलिएनीले २४, कप्तान डब्लु ए दुरासिंगमले ११ तथा जायनी स्यामिमीले १६ रन जोडे । 
 
मलेसियालाई ७५ रनमा समेट्ने क्रममा नेपालकी करुणा भण्डारी एक्लैले तीन विकेट लिइन् भने सोनु खड्का, सीता रानामगर, रीतु कनौजिया र नेरी थापाले समान एक÷एक विकेट लिए । यही मंसिर १० गते नेपालले चीनसँग खेल्नेछ । 

Post Comment

More खेलकुद

Onair Now Onair Now

Jamka Bhet

Started at: 16:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 17:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award