खेलकुद

अन्तर महिला भलिबल प्रतियोगिताको उपाधि जिल्ला महिला पैरवी मञ्चलाई
कालिका, असोज १० ।
कालिका एफ एमको १५ औ वार्षिकोत्सवको अवसरमा आयोजना भएको अन्तर महिला भलिबल प्रतियोगिताको उपाधि जिल्ला महिला पैरवी मञ्चले उचालेको छ ।
 
आज भएको फाइनल खेलमा अभ्युदय बहुद्देश्यीय सहकारी संस्थालाई पराजित गर्दै पैरवीले उपाधिमाथि कब्जा जमाएको हो । फाइनल प्रतिपर्धामा पैरवी मंचले अभ्युदय सहकारीलाई २५–१२, २२–२५ र २५–१६ को सेटमा हराउँदै जित निकाल्न सफल भएको हो ।
 
यसअघि आजै सम्पन्न पहिलो सेमिफाइनल खेलमा अभ्युदय सहकारीले अन्तर पार्टी महिला सञ्जाललाई पराजित गर्दै फाईनलको यात्रा तय गरेको थियो  । दोस्रो सेमिफाइनलमा पैरबी मन्च चितवनले महाकालेश्वरलाई पराजित गर्दै फाईनलको यात्रा तय गरेको हो । सहभागी टीमलाई आज एक कार्यक्रमका विच महिला अधिकारकर्मी मिना खरेल र कालिका मिडियाकी निर्देशक रिना गुरुङले प्रमाण पत्र वितरण गर्नु भयो ।
 
 प्रतियोगितामा जम्मा १६ वटा टोलीले सहभागिता जनाएका थिए । प्रतियोगिताका बिजेता र उपबिजेतालाई आगामी २६ गते कालिका एफएमको १५ औ बार्षिकोत्सबको समापनका दिन पुरस्कार बितरण गरिने एफ एमले जनाएको छ । 

Post Comment

More खेलकुद

Onair Now Onair Now

Love Guru

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award