खेलकुद

अन्तर महिला भलिबल प्रतियोगितामा ८ समुह दोस्रो चरणमा प्रवेश। अन्तर महिला भलिबल प्रतियोगितामा ८ समुह दोस्रो चरणमा प्रवेश।
कालिका, असोज ९ ।
कालिका एफ एम प्रालिको १५ औँ वार्षिकोत्सव कार्यक्रम अन्तर्गतको अन्तर महिला भलिबल प्रतियोगिता ८ समुह दोस्रो चरणमा प्रवेश गरेको छ ।
 
हिजो ६ समुह र आजै २ समुह गरि ८ समुह दोस्रो चरणमा प्रवेश गरेका हुन् । दोस्रो चरणको खेलबाट अभुदय बुहुउद्देश्यीय सहकारी केन्द्र, र महाकालेश्वर आमा समुह सेमिफाईनल प्रवेश गरिसकेका छन् । अभुदय सहकारीले इनर ह्वीललाई २५ १९ र २५ १८ को सेटले साथै महाकालेश्वरले नारी अभ्युदयलाई २५ १५ १८ २५ र १९ २५ ले पराजित गर्दै सेमिफाईनल यात्रा तय गरेका हुन् ।
 
यसअघि ईनर ह्वील क्लब अफ नारायणाी, नारी अभुद्य केन्द्र, नारी उत्थान केन्द्र, जिल्ला महिला पैरवी समाज चितवन, महाकालेश्वर आमा समुह र अभुदय बुहुउद्देश्यीय सहकारी केन्द्र, हिजै क्वाटरफाईनलमा प्रवेश गरेका थिए । उधोग वाणिज्य सघं चितवन र अन्तरपार्टी महिला सञ्जाल विजयी भएका हुन् । 
 
आजको पहिलो खेलमा अन्तरपाटीले रिदम कला केन्द्रलाई पराजित गरेको हो भने आजैकै दोस्रो खेलमा उधोग बाणिज्य संघले चितवन सिटिलाई हराएको हो ।  १० गतेसम्म चल्ने प्रतियोगीतामा १६ टिमको सहभागीता थियो । 

Post Comment

More खेलकुद

Onair Now Onair Now

OFFLINE

 

Up Next

Swadesh Gaan

Starts at: 05:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award