खेलकुद

महिला भलिबल प्रतियोगितामा ४ समुह दोस्रो चरणमा प्रवेश महिला भलिबल प्रतियोगितामा ४ समुह दोस्रो चरणमा प्रवेश
कालिका, असोज ८ ।
कालिका एफ एम प्रालिको १५ औँ वार्षिकोत्सव कार्यक्रम अन्तर्गत आजबाट सुरु भएको अन्तर महिला भलिबल प्रतियोगितामा ४ समुह दोस्रो चरणमा प्रवेश गरेका छन् । आजको पहिलो चरणको खेलमा ईनर ह्वील क्लब अफ नारायणाी, अभुदय केन्द्र, तेस्रो खेलबाट नारी उत्थान केन्द्र र जिल्ला महिला पैरवी समाज चितवन विजयी भएका हुन् । पहिलो खेलमा ईनर ह्वील क्लबले चितवन साहित्यकार टिमलाई २५, १५ र २५ १३ को सेटमा पराजित गरेको हो । 
 
यस्तै नारी अभ्युदय केन्द्रले आर्ट अफ लिभिङलाई १९ २५ २५ १० र २५ ९ को सेटले यस्तै नारी उत्थान केन्द्रले वागवानी मार्ग टोललाई २५ ८ २५ १८ को सेटमा पराजित गर्यो । र चौथो खेलमा जिल्ला महिला पैरवी समाज चितवनले कल्याणकारी महिला समूह भरतपुर १० लाई २५ ११ र २५ १६ ले पराजित गरेको छ ।१० गते सम्म चल्ने प्रतियोगीतामा १६ टिमको सहभागीता छ । आजै दोस्रो चरणमा प्रवेशका लागी ८ टीमको प्रतिस्पर्धा रहनेछ ।
 
खेल सुरु हुनुअघि भएको औपचारीक कार्यक्रममा वरिष्ठ आख्यानकार माया ठकुरीले कालिका एफ.एमले महिलाहरुको लागि गरेको कार्यक्रमको प्रशंसा गर्नुृभयो ।  आख्यानकार ठकुरी सहभागी सम्पूर्ण टीमलाई शुभकामना पनि दिनुभएको थियो । प्रतियोगीतामा राजन ढकाल , उमा गुरुङ् , तोरण ढकाल , टेक ढुङ्गाना रेफ्री रहनुभएको छ ।कार्यक्रमको समउद्घाटन प्रमुख अतिथि रहनु भएकी ठकुरीले खेलाडीहरुलाई भलिबल हस्तान्तरण गरेर भएको थियो । 
 
कालिका मिडियाकी निर्देशक रिना गुरुङको अध्यक्षतामा औपचारीक कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बौल्दै उहाँले धेरै उमेर भएका र कामकाजमा ब्यस्त महिलाहरुको सहभागिता देखेर खुशी ब्यतm गर्दै यस किसिमको कार्यलले महिलाहरुमा आत्मविश्वास बढ्ने विश्वास ब्यक्त गर्नु भएको छ । यसअघि लघुकथा वाचन कार्यक्रम , सञ्चारकर्मीहरु बीचको पौडी प्रतियोगिता, पञ्चैबाजा तथा सारङ्गी वाजा प्रतियोगिता, सेवाबाट निवृत्त भएका व्यक्तिहरुको प्रतिभा प्रस्फुटन कार्यक्रम, अपाङ्गता भएका ब्यक्तिहरुको हक अधिकार विषयक कविता प्रतियोगिता, आमा समूह हाजिरीजवाफ प्रतियोगिता, देवघाटमा रहेका बृद्ध, बृद्धालाई सम्मान÷खाना खुवाउने कार्यक्रम सम्पन्न भईसकेको छ।
 

Post Comment

More खेलकुद

Onair Now Onair Now

Kaya Kairan

Started at: 06:00 HRS

Up Next

Samaya Sandarva

Starts at: 06:35 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award