खेलकुद

एसीसी यू–१९ क्रिकेट:मलेसियालाई १० विकेटले हराउँदै नेपाल फाइनलमा एसीसी यू–१९ क्रिकेट:मलेसियालाई १० विकेटले हराउँदै नेपाल फाइनलमा
काठमाडौं , ३१ भदौ ।
एसीसी यु–१९ पूर्व क्षेत्रीय क्रिकेट प्रतियोगितामा मलेसियालाई १० विकेटले हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ। शनिबार मलेसियाको किनरारा ओभल मैदानमा मलेसियाले दिएको १ सय २२ रनको लक्ष्य नेपालले विना विकेट क्षति भेट्टायो। नेपालको जितमा नेपालका उपकप्तान आशिफ सेखले ५० र सन्दीप सुनारले ५१ रन जोडे। ७७ बल खेलेका सन्दीपले ८ चौका प्रहार गरेका थिए भने ६५ बल खेलेका आसिफले ८ चौका र १ छक्काको मद्दतले अर्धशतक पुर्‍याएका थिए।
दुई खेलाडीले अर्धशतक पुर्‍याएपछि नेपालले २३.१ ओभरमा विना क्षति १ सय २५ रन जोडेर खेल जितेको थियो। टस हारेर पहिले ब्याटिङ गरेको मलेसिया ४२ ओभरमा १ सय २१ रन जोड्दा अलआउट भयो। नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरी एक्लैले ५ विकेट लिए। त्यस्तै पवन सर्राफले २, रोहित पौडेल, सन्दीप लामिछाने र सहाब आलमले १र१ विकेट लिए। ब्याटिङतर्फ मलेसियाका लागि नलिन डे सिल्भाले सर्वा्धिक ३९, वीरन्दीप जगजित सिंहले २५, महम्मद सारियल अल्जात मोदले १६ र अम्मर जुदी हजालान १४ रन जोडे। अन्य व्याट्सम्यानहरु भने दोहोरो अंकको स्कोर नछुदै आउट भएका थिए। फाइनलमा नेपालले सिंगापुर र हङकङबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
 

Post Comment

More खेलकुद

Onair Now Onair Now

Kaya Kairan

Started at: 06:00 HRS

Up Next

Samaya Sandarva

Starts at: 06:35 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award