खेलकुद

गणेशमान प्रथम स्मृति कप खुल्ला फुटसल प्रतियोगिता हुने गणेशमान प्रथम स्मृति कप खुल्ला फुटसल प्रतियोगिता हुने
काठमाडौँ, २७ भदौ ।
वीर गणेशमान प्रथम स्मृति कप खुल्ला फुटसल प्रतियोगिता आयोजना गरिने भएको छ । 
 
युवालाई खेलप्रति आकर्षण गर्ने उद्देश्यले २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंंहको स्मृतिमा नेपाल तरुण दल काठमाडौँ महानगरपालिका–२६ ले पहिलोपटक सो प्रतियोगिता आयोजना गर्न लागेको हो । 
 
भोलि बुधबारदेखि ३१ गतेसम्म सामाखुशीमा प्रतियोगिता आयोजना हुने तरुण दल २६ वडाका अध्यक्ष कृष्णबहादुर तामाङले जानकारी दिनुभयो । तरुण दल २६ वडाका सचिव मनिष डंगोलले युवापुस्ता फुटसल खेलप्रति आकर्षित हुँदै गएकाले आफूहरुले पनि उक्त प्रतियोगिता गर्न लागेको जानकारी दिनुभयो । उहाँले उक्त खेललाई रनिङ सिल्डका रूपमा विकास गर्दै लैजाने उद्देश्य रहेको बताउनुभयो । 
 
खेलको प्रथम विजेतालाई रु एक लाख, द्धितीयलाई रु ५० हजार, राम्रो खेलाडीलाई जुत्ता र राम्रो गोलकिपरलाई पञ्जा पुरस्कार दिइने सचिव डंगोलले जानकारी दिनुभयो । 
 
उक्त प्रतियोगितामा काठमाडौँ उपत्यकाका २५ भन्दा बढी क्लबको सहभागिता रहने जनाइएको छ । रासस 

Post Comment

More खेलकुद

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Swasthya Charcha

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award