खेलकुद

जेसिज कपको उपाधी मनाङको पोल्टामा जेसिज कपको उपाधी मनाङको पोल्टामा
भदौ २६ गते । 
प्रथम इप्यानेट जेसिज कप फुटवलको उपाधी मनाङ मस्र्याङ्दी क्लवले जितेको छ ।  सोमवार नारायणगढको क्याम्पाचौरमा भएको फाईनल प्रतिस्पर्धामा विभागिय टिम शशस्त्र प्रहरी वललाई एपिएफलाई दुई एकको गोल अन्तरले पराजीत गर्दै उपाधीसंगै नगद ३ लाख ५० हजार रुपैया पाएको छ । उपविजेतामा चित्त वुझाएको एपिएफले ट्रफीसंगै नगद १ लाख ७५ हजार प्राप्त गर्यो । विजेता उपविजेतालाई नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष प्रकास प्रसाद अधिकारीले पुरस्कार प्रदान गरे  । फाईनल प्रतिस्पर्धामा मनाङले पहिलो हाफमा दुई शुन्यको अग्रता लिएको थियो । एपिएफले पहिलो हाफमा गोल गर्ने केही अवसरलाई सदुपयोग गर्न सकेन् । मनाङका लागि पहिलो हाफको १९ र ४० औं मिनेटमा सुजल श्रेष्ठले गोल गरे । दोश्रो हाफमा आक्रमक रुपमा प्रस्तुत भएको एपिएफका लागि १९ औं मिनेटमा हरी कार्कीले सान्त्वना गोल गरे । दोश्रो हाफमा पनि एपिएफले धेरै अवसर पाएको थियो । तर गोलको दिसा दिन नसक्दा मनाङलाई उपाधी सुम्पन वाध्य भयो । खेलमा एपिएफका हरी कार्की प्लेयर अफ दि म्याच घोषित हुदै नगद ५ हजार पाए ।  प्रतियोगिताको  प्लेयर अफ दि सिरिज मनाङका सुजल श्रेष्ठले प्राप्त गरे । प्लेयर अफ दि सिरिजको पुरस्कार नगद १० हजार संगै उनले धेरै गोलकर्ताबाट थप १० हजार प्राप्त गरे । उत्कृष्ठ गोलकिपर मनाङकै दिनेश थापा घोषित भए । उनले पनि नगद १० हजार पुरस्कार पाए । उत्कृष्ट टिम घोषित झापा ११ ले नगद १० हजारनै प्राप्त गर्यो । गत १७ गतेदेखी सुरु भएको प्रतियोगितामा दुई विभागिय सहित १० टिमको सहभागीता रहेको थियो ।

Post Comment

More खेलकुद

Onair Now Onair Now

Chaso ra charcha

Started at: 12:10 HRS

Up Next

Kalika News Update

Starts at: 14:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award