खेलकुद

नेपालले बंगलादेशलाई हरायो नेपालले बंगलादेशलाई हरायो
काठमाडौँ, १४ भदौ ।
नेपाल भलिबल संघले आयोजना गरेको मैत्रीपूर्ण भलिबल खेलमा नेपालले बंगलादेशलाई पराजित गर्दै विजयी भएको छ । 
ललितपुरको लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपालले ३–२ सेटले पराजित गरेको हो । यसअघि हिजो भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई ३–१ सेटमा पराजित गरेको थियो । 
पहिलो सेटमा १९–२५ पराजय भोगेको नेपालले दोस्रो सेट २५–२२ को आफ्नो पक्षमा पा¥यो । त्यसपछिको तेस्रो सेट भने नेपाल बंगलादेशसँग २०–२५ ले पराजित भएपनि चौथो र पाँचौ सेट आफनो पक्षमा पा¥यो । नेपालले बंगलादेशलाई चौथो सेट २५–२२ र अन्तिम सेट १५–८ ले हराउँदै नेपालको जित पक्का भयो । 
सरकारले भलिवललाई राष्ट्रिय मान्यता दिएपछि मैत्रीपूर्ण खेलको आयोजना गरिएको हो । 

Post Comment

More खेलकुद

Onair Now Onair Now

Kalika Highlites

Started at: 15:00 HRS

Up Next

Hamro Bhaka

Starts at: 16:05 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award