खेलकुद

राष्ट्रिय फुटसल लिग बिहीबारदेखि राष्ट्रिय फुटसल लिग बिहीबारदेखि
काठमाडौँ, १४ भदौ ।
अखिल नेपाल फुटबल संघ ९एन्फा० एवं एन्फा फुटसल समितिको व्यवस्थापनमा पहिलो पटक राष्ट्रिय फुटसल लिग बिहीबारदेखि सुरु हुने भएको छ । 
 
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज आयोजित पत्रकार सम्मेलन उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको एन्फा फुटसल समितिका अध्यक्ष रमेश रायमाझीले जानकारी दिनुभयो । 
 
उहाँका अनुसार प्रतियोगिताको खेल काठमाडौँको चपलीहाइटस्थित चौर क्रिएस्नल फुटसल सेन्टर र बौद्वस्थित स्तुपा स्पोर्टस हव फुटसल सेन्टरमा सञ्चालन हुनेछ । 
लिगमा विभिन्न १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले रु पाँच लाख तथा उपविजेताले रु दुई लाख पचास हजार पाउनेछ । उक्त प्रतियोगिताका लागि करिब रु ३० लाख खर्चमा लाग्ने आयोजकले जनाएको छ । 
लिग प्रतियोगिताबाट एएफसी फुटसल च्याम्पियनसिपका लागि खेलाडी छनोटसमेत गरिने आयोजकले जनाएको छ । एएफसी फुटसल छनोट प्रतियोगिता आगामी अक्टोबर १३ देखि २२ तारिखसम्म हुनेछ ।  
 

Post Comment

More खेलकुद

Onair Now Onair Now

Kalika Highlites

Started at: 15:00 HRS

Up Next

Hamro Bhaka

Starts at: 16:05 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award