खेलकुद

नेपाल उपविजेतामा सीमित
काठमाडौँ, ११ भदौ । भारतले नेपाललाई पराजित गर्दै साफ पन्ध्र वर्षमुनिको च्याम्पियनसिपको उपाधि जितेको छ । 
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको फाइनल खेलमा भारतले नेपाललाई दुई–एक गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । यसअघि समूह चरणमा पनि नेपाललाई भारतले समान दुई–एक गोल अन्तरले नै पराजित गरेको थियो । 
खेलमा पहिलो अग्रता नेपालले लिएको थियो । मध्यान्तरसम्म नेपाल एक–शून्यले अगाडि रहेको थियो । खेलको ४१औँ मिनेटमा नेपालका लागि ब्रिजेश चौधरीले पेनाल्टीमार्फत गोल गरेका थिए । भारतीय डिफेण्डरले नेपालका रञ्जन पुनलाई डिबक्सभित्र फल गरेपछि रेफ्रीले नेपाललाई पेनाल्टी दिएको थियो । 
मध्यान्तरपछि भारतले दुई गोल गरयो । खेलको ५९औँ मिनेटमा लालरोकिमाले गोल गर्दै खेललाई एक–एकको बराबरीमा पु¥याए । खेलको ७५औँ मिनेटमा भारतीय कप्तान विक्रमप्रताप सिंहले थप एक गोल गर्दै आफ्नो टिमलाई विजयी गराए । नेपालले मध्यान्तरपछिको खेललाई जोगाउन नसम्दा हार बेहोर्न बाध्य बन्यो । हारसँगै नेपाल च्याम्पियनसिपको उपविजेतामा सीमित बन्यो । सेमिफाइनल खेलमा नेपालले बंगलादेशलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो भने भारतले भुटानलाई पाखा लगाउँदै फाइनलमा स्थान पक्का गरेको थियो । रासस 

Post Comment

More खेलकुद

Onair Now Onair Now

Namaste Kalika

Started at: 07:30 HRS

Up Next

Kalika News Up-Date

Starts at: 08:00 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award