खेलकुद

सगरमाथा युवा क्लव सेमिफाइनलमा सगरमाथा युवा क्लव सेमिफाइनलमा
ताप्लेजुङ, २७ साउन । सगरमाथा युवा क्लब विराटचौक मोरङ ताप्लेजुङमा जारी पाथीभरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । 
आज भएको खेलमा पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई ३–१ को गोल अन्तरले पराजित गर्दै मोरङ सेमिफाइनलमा प्रवेश गरेको हो । 
मोरङको जितमा तीर्थ बस्नेतले ह्याट्रिक गर्दै आफ्नो टिमलाई सेमिफाइनलमा पु¥याएका हुन् । बस्नेतले तीन, सात र २८ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका थिए । 
यता खेल अवधिभर दबावमा परेको फिदिम स्पोर्टिङ क्लबका चरण बस्नेतले २१ औँ मिनेटमा सान्त्वना गोल फर्काएका थिए । अब सगरमाथाले सेमिफाइनलमा शसस्त्र प्रहरीको दमक टिमसँग प्रतिस्पर्धा गर्नेछ । 
शनिबार हुने पहिलो सेमिफाइनलमा चर्च ब्वाईज काठमाडौँ र नब प्रयास युवा क्लब ताप्लेजुङबीच खेल हुने आयोजकले जनाएको छ । 
प्रतियोगितामा घरेलु दुईसहित विभिन्न जिल्लाका १० टोलीको सहभागिता छ । यही साउन ३० गते सम्पन्न हुने उक्त प्रतियोगिताका विजेताले ट्रफीसहित रु दुई लाख ११ हजार १११ र उपविजेताले रु एक लाख ११ हजार १११ प्राप्त गर्नेछन् । लाखे जात्राका अवसर पारेर विसं २०२९ देखि हरेक वर्ष सो प्रतियोगिता सञ्चालन हुँदै आएको छ । रासस 

Post Comment

More खेलकुद

Onair Now Onair Now

Namaste Kalika

Started at: 07:30 HRS

Up Next

Kalika News Up-Date

Starts at: 08:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award