खेलकुद

पाथिभरा गोल्डकप ः साविक विजेता गोर्खा र सशस्त्र प्रहरी भिड्दै पाथिभरा गोल्डकप ः साविक विजेता गोर्खा र सशस्त्र प्रहरी भिड्दै
रविन भट्टराई÷ताप्लेजुङ
साउन २५,
ताप्लेजुङमा जारी दोस्रो पाथिभरा गोल्डकप फुटवल प्रतियोगितामा बुधबार (आज) पनि एक खेल हँुदैछ । 
 
बुधबार (आज) हुने खेलमा साविक विजेता गोर्खा स्र्पोटिङ क्लव दमक र सशस्त्र प्रहरि फुटवल टिम दमक मैदानमा उत्रने छन् । 
 
शसस्त्र प्रहरिको टिम भने ताप्लेजुङको कर्णसिंह सोनाम क्लवलाई ट्राईवेकरमा ३–१ गोल अन्तरले पराजित गरेर आएको हो भने गोर्खा आफ्नो पहिलो खेल प्रर्दशन गर्दै छ ।  आजको खेल पनि दिउँसो दुई बजे पछि हुने आयोजक लाखेजात्रा खेल सञ्चालन समितिले जनाएको छ । 
 
यस अघि मंगलबार (हिजो) भएको खेलमा ताप्लेजुङले घरेलु मैदानको फाईदा उठाएको थियो । घरेलु टोलि नव प्रयास क्लव ताप्लेजुङले पाहुना टोलि पथरि स्र्पोटिङ क्लव पथरिलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाईनमा प्रवेश गरेको छ । 
 
सदरमुकाम स्थित भानु जन माविको खेल मैदानमा भएको खेलमा ताप्लेजुङलाई जित दिलाउने क्रममा नव प्रयासका जर्सि नं ६ का रमेश लिम्बूले पेनाल्टीवाट गोल गरेका थिए भने जर्सि नं ११ का निराजन गुरुङले गरको दास्रो गोल नै ताप्लेजुङलाई  सेमिफाईनलमा पु¥याउन निर्णायक वनेको थियो ।  
 
नक आउटको आधारमा खेलाईएको खेलमा जिल्ला भित्रको २ टिम र जिल्ला वाहिरको ८ टिम गरि १० टिमको सहभागिता छ । आगामि ३० गते सम्म चल्ने प्रतियोगिताको विजेताले २ लाख ११ हजार १ सय ११ र उप विजेताले १ लाख ११ हजार १ सय ११ नगद प्राप्त गर्ने छ । 

Post Comment

More खेलकुद

Onair Now Onair Now

Namaste Kalika

Started at: 07:30 HRS

Up Next

Kalika News Up-Date

Starts at: 08:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award