खेलकुद

चितवनमै सर्वाधिक राशिको राष्ट्रिय स्तरको फुटवल प्रतियोगिता हुने चितवनमै सर्वाधिक राशिको राष्ट्रिय स्तरको फुटवल प्रतियोगिता हुने
कालिका, श्रावण, २४ ।
चितवनको नारायणगढ क्याम्पाचौरमा आगामी भदौ १० देखि १९ गते सम्म पहिलो इ प्लानेट जेसीजक कम आयोजना हुने भएको छ । नारायणगढ जेसीसको आयोजनामा सो सर्वा्धिक राशिको राष्ट्रिय स्तरको फुटवल इ प्लानेट जेसीजक कम प्रतियोगिता हुन लागेको पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । 
प्रतियोगितामा नेपाल आर्मी, शसस्त्र र पुलिस गरी ३ विभागीय टिम, फे्रन्डस क्लव, हिमालयन शेर्पा र क्षेत्रीय स्तरका चितवन–११, झापा–११, पोखरा–११, विजय युथ हेटौडां क्लव सहभागी हुने नारायणगढ जेसीजका अध्यक्ष बाबुराम रामदामले जानकारी दिनु भयो । 
प्रतियोगितामा पहिलो हुनेले चितवनमै सर्वा्धिक राशि ३ लाख ५० हजार रुपैयाँ र द्धितिय हुनेले १ लाख ७५ हजार रुपैयाँ रासी प्रदान गरीने प्रदान गरीने संयोजक अमृतकुमार श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार प्रतियोगिताको वेस्ट गोल किपर, म्यान अफ दि सिरीज, हरेक खेलमा म्यान अफ दि म्याच प्रदान गरिने छ ।
मुख्य प्रायोजकमा इ प्लानेट शैक्षिक परामर्श केन्द्र नारायणगढ रहेको प्रतियोगीतामा करिव ४७ लाख खर्चमा अनुमान गरीएको छ । जसमा खेल विकास सँगै कुरिनटारमा जेसीसद्धारा निर्मित भूकम्प पीडितको लागि १४ वटा घर परिवारको शैक्षिक, आर्थिक विकासमा रकम खर्च गरिने आयोजकले जनाएको छ । 
 

Post Comment

More खेलकुद

Special Programs

Kalika Events

  • 12th Music Award